साहित्य

गाउँको कथा

post-img

गाउँको चिया पसलमा
सदा झैं थिएँ उपस्थित
र पर्खिरहेको थिएँ एक कप चिया ।

दाइ, भाइ, काका र बाजेहरु
कोही चिया पर्खिरहेका थिए
कोही चिया पिइरहेका थिए
पसलमा सदा झैं
तातो चिया थियो
र, तातै गफ थियो ।

कुर्सी हल्लाउंदै मैंले भने– हाम्रो गाउँमा कोरोना छैन
बेन्चीको छेउबाट बृद्ध काकाले भने–
हो बा, कोरोना छैन तर गाउँमा नेताहरु छन् ।

तातो चिया चुपचाप मुखमा खन्याएर
म घर तिर ओरालो झरें ।

सुनापति, रामेछाप

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660