|

गजल

बाबुकृष्ण पन्त
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु
यो लोकबाट अर्कै लोकमा बसाँई, स¥यो भन्दिनु

विधिको विडम्वना यस्तै रैछ, धोकै पाउनु पर्ने
उनकै लागि गर्नु विधि ग¥यो भन्दिनु
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु

जसो गरे पनि उसले, पाएन रे शान्ति कतै
सजिलै उनको खड्को अब ट¥यो भन्दिनु
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु

निराशामा रुमलिदाँ, उसको हालत भयो अरे
भगवानले नै उसलाई छोडेनन् ह¥यो भन्दिनु
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु

यो जुनीलाई मात्र हैन, जुनी जुनी सम्म पनि
हुन्न उसको भन्यो मलाई, पर्नसम्म प¥यो भन्दिनु
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु

आँटी रैछ कहिल्यै पनि, हिम्मत हारेन उसले
आँधी हुरी पन्छाउँदै पार त¥यो भन्दिनु
मेरी उनले सोधिन् भने, म¥यो भन्दिनु
यो लोकबाट अर्कै लोकमा बसाँई, स¥यो भन्दिनु

विर्ता देउराली ६, काभ्रे, हाल बनेपा ११ बुडोल, काभ्रे

Short URL: http://www.ramechhappost.com/?p=953

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented