|

प्रख्यात साहित्यकार कृष्णप्रसाद पराजुली रहेनन्

चैत २१, काठमाडौं : प्रख्यात साहित्यकार तथा व्याकरणकार कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भएको छ।

पराजुलीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बेलुका ८.१५ बजे निधन भएको परिवारले जनाएको छ।

सुगर रोगबाट थलिएका पराजुली गएको १० दिनदेखि शिक्षण अस्पतालको आइसीयुमा थिए।shree krishan parajuli

उनका ‘राम्रो रचना मिठो नेपाली’ (२०२३), पन्ध्र तारा र नेपाली साहित्य (जीवन संग्रह २०२४), नौबेली (कथा संग्रह २०२८), सय थुङ्गा फुल (कविता संग्रह २०४४), आँखाभरि सपना मुटुभरि गीत (गीत संग्रह) लगायत दुइदर्जनभन्दा बढी मौलिक कृति प्रकाशित छन्।

वहुआयामिक व्यक्तित्व पराजुली नेपाली साहित्य क्षेत्रमा कवि, मुक्तककार, गीतकार, बाल साहित्यकार, जीवनीलेखक एंव भाषाविज्ञका रुपमा समेत परिचित छन्।

पराजुलीले नेपाली लोकसाहित्य विषय प्राध्यापन गरेका थिए।

पराजुली प्रगतिशिल लेखक संघका सदस्य समेत थिए। उनको जन्म १९९२ सालमा काभ्रेको भ्रमरकोटमा भएको थियो।

Short URL: http://www.ramechhappost.com/?p=857

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented