|

खोटाङ दुर्घटना : २२ जनाको मृत्यु, २५ जना घाइते

 खोटाङ, चैत्र ३०– खोटाङको बर्खेटारमा यात्रु बस दुर्घटना हुँदा ज्यान जानेको संख्या २२ पुगेको छ । दुर्घटनामा १५ पुरुष र सात महिला गरी २२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर मंगलबार बिहान ५ बजे काठमाडौंकालागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान–४ को बर्खेटारमा दुर्घटनाग्रस्त भएको हो ।

बस सडकबाट झण्डै दुई सय मिटर तल प्रहरी सहायक निरीक्षक रवी लिम्बुले जानकारी दिनुभयो ।  घाइतेको उद्दारको काम भइरहेको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । त्यसका लागि नेपाली सेनाको एउटा हेलिकप्टर गएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=2003

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented