|

दलहरु मिल्नुपर्छ ः पूर्वराष्ट्रपति

काठमाडौं, चैत ३० – पूर्वराष्ट्रपति डा। रामवरण यादवले अहिलेको राजनीतिक समस्या समाधानका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।rambaran yadave

बालविवाह रोक्ने पक्षमा तयार पारिएको रेडियो नाटक मैसरी शुनाखरी बारे राजधानीमा भएको एक कार्यक्रममा उपस्थित भएका पूर्वराष्ट्रपति डा.यादवले अहिले मधेसमा देखिएको समस्या आन्तरिक समस्या भएको र यसलाई समाधान गर्न नेपालका दलहरु एकजुट भएर समस्याप्रति लाग्नुपर्ने बताएका छन् ।

सरकार, मुख्य राजनीतिक दल तथा मधेसवादी दल कटिबद्ध भएर लागिपरेमा समृद्ध देश बन्ने उनको धारणा थियो ।

नयाँ संविधानले सबै वर्ग र समुदायलाई समान अधिकार दिएको भन्दै उनले केही छुटेका विषय छलफलबाट मिलाउन सकिने बताएका छन् ।

नयाँ संविधानको कार्यान्वयका लागि सबै प्रतिबद्ध हुनु पर्ने उनले बताए ।

Short URL: http://www.ramechhappost.com/?p=2000

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented