|

वर्तमान सरकार ठिक छ ः सञ्चारमन्त्री

मोरङ, २९ चैत । सरकारका प्रवक्ता शेरधन राईले सरकारको विकल्प खोज्ने कुरा हल्ला मात्र भएको बताए ।

विराटनगरमा सोमबार नेपाल शिक्षक सङ्गठनको ३७औँ शिक्षक दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री राईले वर्तमान सरकारको विकल्प खोज्नु मुर्खता हो भन्दै बहुमतमा रहेको वर्तमान सरकारबाट ने अबको सरकार चलाउनुपर्नेमा जोड दिए ।

मन्त्री राईले सोमबार नै शिक्षक सङ्गठन मोरङको शिक्षक भवनको उद्घाटन गरे । भवन रु ५८ लाख ४४ हजारको लागतमा बनेको हो ।

भवन निर्माणका लागि रु ६४ लाख सात हजार विभिन्न शिक्षक तथा दातृ निकायबाट सङ्कलन भएको सङ्गठनका अध्यक्ष धर्मानन्द खरेलले जानकारी दिए ।

Short URL: http://www.ramechhappost.com/?p=1990

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented