|

पोखरा कप तयारी पुरा

पोखरा, चैत २८ । पोखरा रंगशालामा यही चैत ३० गतेबाट सुरु हुन लागेको पाँचौ मनकामना केवुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा नेपाल पुलिस, मनाङ मर्स्याङदी क्लव, थ्री स्टार क्लब र दिल्ली युनाईटेड भारत वाई पाएर सिधै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा चैत ३० गते सशस्त्र प्रहरीको एपिएफ र सिमरा ११ ले खेल्ने छन् । दोस्रो दिन बैशाख १ गते रुपन्देही ११ र झापाबिच, वैशाख २ गते आयोजक पोखरा र धरानबिच तथा वैशाख ३ गते नेपाल आर्मी क्लब र सरस्वती क्लवबिच खेल हुने छ ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछानेका अनुसार प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

त्यस्तै गोलकिपर, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने छ । यो प्रतियोगितालाई मनकामना दर्शन प्रालिले मुख्य प्रायोजन गरेको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1985

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented