|

नेपाल टेलिकमले विद्यार्थीलाई ४० रुपैयाँमा सीम दिने

काठमाडौं, चैत २८ – नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीलाई डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ ।
टेलिकमले सोमबारदेखि एसएलसी अफर अन्तर्गत डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको हो ।

९० रुपैयाँमा बिक्री गरिने यो सिमकार्डमा ५० रुपैयाँ बराबरको टक टाइम र तीन सय एमबीको डाटा निःशूल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै यो सिम एक्टिभ भएको ६ महिनासम्म प्रत्येक महिना ५० एमबीका दरले निःशुल्क डाटा प्रयोग गर्न पाइने छ । युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यो योजना अन्तर्गत सिमकार्ड किन्नका लागि विद्यार्थीले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, विद्यार्थी स्वयं वा उनका अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो योजना २०७३ असार मसान्तसम्म कायम रहने टेलिकमले जनाएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1981

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented