मुख्य पोस्ट

सरकार र विप्लव नेकपाबीच वार्ता सुरु

post-img

फागुन १९, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता सुरु भएको छ । मंगलबार सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा ‘बालद’ को नेतृत्वमा राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेलगत्तै विप्लव नेतृत्वको नेकपाले पूर्व मन्त्री समेत रहेका नेता खडगबहादुर विश्वकर्माको नेतृत्वमा दीपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको थियो ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता कमिटी बनाएर वार्ता गर्ने तयारी भइरहेकै बीच आजै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच वार्ता सुरु भएको छ । वार्तामा विप्लव नेतृत्वको नेतृत्वको नेकपामाथि दुई वर्ष अगाडि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, उनीहरुका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने विषयमा छलफल भएको छ । सो विषयमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेगरी कानुनी प्रक्रिया सुरुवात गर्ने तयारी समेत भइरहेको बताइएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660