अन्तर्वार्ता

विकास र समृद्धिका लागि स्थिर सरकारको खाँचो छ

post-img

राजिब मोक्तान
केन्द्रीय सदस्य
राष्ट्रिय युवा संघ नेपाल

तपाई भर्खरै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली निकट राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बन्नुभयो । युवा संघको केन्द्रीय सदस्यको भूमिका प्राप्त गर्दा कस्तो अनुभूति भइरहेको छ ?

सर्वप्रथम रामेछाप पोष्टलाई धन्यवाद दिन चाहन्छु, मेरा कुराहरु राख्ने मौका दिनुभएकोमा । राष्ट्रिय युवा संघलाई ओली निकट नेकपा भन्नुभन्दा पनि एकीकृत रुपमै रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक युवा संगठन हो । कतिपयलाई अहिले भ्रम छ कि नेकपा विभाजित भएको छ भन्ने । तर त्यो सत्य होइन । नेकपा विभाजित भएको छैन । केही नेताहरुले नेकपा विभाजन गर्ने कोशिस गर्नुभएको सत्य हो । तर उहाँहरुको प्रयास सफल हुने अवस्था छैन । निर्वाचन आयोगले पनि नेकपा विभाजन गर्न खोज्ने पंक्तिलाई मान्यता नदिनुले पनि नेकपा सिंगो रहेको र त्यो पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा हो । पार्टीले उचित मूल्यांकन गरेर जिम्मेवारी दिएकोमा म एकदमै खुशी छु । किनकि हामी युवा जनतामाझ सरकारले गरेको राम्रा कामलाई सविस्तार जनतामाझ लिएर जाने तयारीमा छौं । पार्टीले युवा संघको केन्द्रमा जिम्मेवारी दिएर जनतामाझ जान दिएको भूमिका जस्तोसुकै अवस्थमा पनि पूरा गर्नेछु ।

तर तपाईले भनेजस्तो पार्टी एकीकृत नरहेर विभाजित भएको त युवा संघमा पनि फरक–फरक संगठन हुनुले पुष्टि गर्दैन र ?

नेकपालाई अहिले निर्वाचन आयोग र अन्य कानुनी आधारमा हेर्दा पनि पार्टी एकै रहेको र पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल नै रहेकोले पनि यो पार्टी विभाजित नभएको कुरा त पुष्टि गर्छ नै । यद्यपि केही नेताहरुले अगल कार्यक्रम गरेको भएपनि त्यो उहाँहरुले चलाएको गुट सिवाय अरु केही पनि होइन । त्यसो हुँदा अहिलेसम्म नेकपा विभाजित नभएको र यसको मूल नेतृत्व केपी शर्मा ओलीले नै गरेको कुरा सत्य हो । त्यससँगै राष्ट्रिय युवा संघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवाहरुको संगठन हो । युवा संघको नेतृत्वमा संयोजक रमेश पौडेल र अध्यक्ष बचनबहादुर सिंह रहनुभएको छ । उहाँहरुले नेतृत्व गरेको युवा संघ एकताबद्ध रुपमा रहेको छ ।

तपाई रामेछाप जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभएको छ, रामेछाप जिल्लामा चाहिँ के कस्ता गतिविधिहरु सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ ?

म मात्रै होइन रामेछापबाट राष्ट्रिय युवा संघमा अरु पनि केन्द्रीय सदस्यहरु हुनुुहुन्छ । हामी जो जति साथीहरु रामेछापबाट राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य रहेका छौं सबै साथीहरु एकतावद्ध भएर रामेछापमा युवा संघको गतिविधिहरु अगाडि बढाउने, युवाका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत केन्द्रित रहेर जनतामाझ जानेछौं । देश विकासको मुख्य जिम्मेवारी युवाकै काँधमा रहेको छ । त्यसो हुँदा पनि हामी युवाको समस्यामा मात्रै केन्द्रित हुने होइन । समाजमा हुने हरेक तह र तप्काको समस्या समाधान गर्नेगरी युवाहरुलाई परिचालित गर्नेछौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई सर्वोच्च अदालतले त उल्ट्याईदियो नि, यसबारेमा तपाईको धारणा के छ ?

सर्वोच्च अदालतको गरेको फैसलालाई हामी सम्मान गर्छौ । तर अदालतले जुन फैसला ग¥यो, त्यसले नेपालको राजनीतिलाई चाहिँ झनै गोलचक्करमा फसायो । अदालतले जे निर्णय ग¥यो त्यो निर्णय सही नै भयो भन्ने चाहि मलाई लाग्दैन । तपाई हामीले हिजोआजका गतिविधिहरु देख्न सक्छौं, सांसद किनबेचका खेलहरु सुरु भइसकेका छन् । निर्वाचनतिर मुलुक गएको भए जनताको ताजा अभिमत प्राप्त हुन्थ्यो । जनताको अभिमत प्राप्त गर्ने निर्णयलाई एकाथरिले प्रतिगामी कदम भने । यो सही कुरा होइन । जनताको अभिमत लिन जानु भनेको प्रतिगामी कदम नभई अग्रगामी कदम नै हो । लोकतन्त्रको मूल मर्म भनेको जनताको अभिमत लिनु नै हो ।

तपाईहरुको आगामी कार्यक्रम चाहिँ के छ नि ?

हाम्रो कार्यक्रम भनेको जनताको बीचमा गएर संगठनलाई अझ गतिशिल बनाउने नै हो । अदालतको निर्णय आइसकेपछि त हामीलाई जनताको बीचमा गएर अझ सशक्त रुपमा पार्टी निर्माण गर्ने अवसर आएको छ । यो अवसरको सदूपयोग जनताका बीचमा गएर गर्नेछौं । अब हामी फेरि पनि नेपालमा सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमै केन्द्रित हुनेछौं ।

तपाई विगतमा माओवादी पृष्ठभूमिबाट आएको व्यक्ति माओवादीको मूलधार छोडनु भयो नि ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने उद्देश्यसहित गत संसदीय निर्वाचनमा कार्यगत एकता भयो । दुई तिहाई बहुमतको अपेक्षासहित हामी निर्वाचनमा गयौं । जनताले हाम्रो घोषणापत्रलाई विश्वास गरे । तर पछिल्लो समय पार्टीभित्र जुन गतिविधि सुरु भए, त्यसले मुलुकलाई सही ठाउँमा पु¥याउन नसक्ने देखियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल पार्ने गतिविधि पार्टीभित्रैबाट भयो । हामीले निर्वाचनमा गरेको बाचा अनुसार स्थिर सरकार दिने, जनताको अभिमत पूरा गर्नका लागि विकास निर्माणमा जोड दिनुपर्नेमा उहाँहरु खाली सत्ता स्वार्थमा केन्द्रित हुनुभयो । यो कुरा हामीलाई चित्त बुझेन । अहिले विकास र समृद्धिको अभियानमा केपी ओलीको नेतृत्व नै सही लागेर हामीले साथ दियौं ।

अन्त्यमा यस अनलाइन मार्फत भन्नुपर्ने तपाईका कुराहरु छन कि ?

संसदीय दलको नेता र पार्टी अध्यक्ष भएका कारणले केपी ओली नेतृत्वको सरकार निरन्तर हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । अदालतले जे जस्तो निर्णय दिएको भएपनि हामी फेरि पनि स्थिर सरकारको पक्षमा छौं । अर्कातिर पार्टी एकतावद्ध हुनुको पनि विकल्प छैन । निर्वाचन आयोगले दल विभाजनलाई मान्यता नदिनुले पनि नेकपालाई एकतावद्ध गर्ने मौका फेरि पनि प्राप्त भएको छ । यसका साथै मुलुकको विकास र समृद्धिमा स्थिर सरकारको भूमिका महत्वपूर्ण हुने कुरा घटनाक्रमले पनि पुष्टि गरिसकेको अवस्था छ । यो कार्यमा विभिन्न क्षेत्रमा रहेका तमाम दाजुभाइ दिदीबहिनीहरुले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।

प्रस्तुती : ताराबहादुर ग्यापक

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660