मुख्य पोस्ट

नेकपा (प्रचण्ड–नेपाल) पक्षबीच हरेक तहमा बराबरी गर्ने सहमति

post-img

फागुन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षबीच पार्टीको हरेक तहमा नेतृत्व पदपूर्ति, समायोजन लगायतमा बराबरी अर्थात् ५०–५० प्रतिशत पूर्व समूहले नेतृत्व लिने सहमति भएको छ । केपी ओली पक्ष विभाजित भएको अवस्था र पूर्व एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रिया टुंगोमा नपुगिसकेको अवस्थामा एकता प्रक्रिया टुंगोमा पु¥याउन र रिक्त स्थानमा नेतृत्व चयन गर्ने प्रक्रियामा पूर्व दुवै समूहबाट कम्तीमा ५०–५० प्रतिशतले मिलाउने सहमति भएको हो ।

पार्टीले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड समेत तय गरेको छ । उक्त मापदण्डलाई कार्यान्वयन गर्नका लागि निर्देशन समेत दिइएको छ । यसअघि शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । उक्त मापदण्ड अनुसार अब नेकपाको कमिटीहरुमा प्रचण्ड र नेपाल पक्षको ५०–५० प्रतिशत हिस्सा हुने भएको छ । तथापि केपी ओली पक्ष विभाजित भएर छुट्टै संरचना बनाइसकेको अवस्थामा रिक्त रहेका स्थानमा पार्टी संयुक्त हुँदा प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने निर्णय गरिएको छ । यसो गर्दा विगतमा एमाले र माओवादीमा ६०–४० प्रतिशतको आधारमा गरिएको थियो । तर केपी ओलीले पूर्व एमालेका धेरै र पूर्व माओवादीबाट सानो हिस्सा लिएर गएको हुँदा रिक्त स्थानमा पूर्व समूहबाट खाली भए आधारमा गर्दा नेपाललाई बढी फाइदा हुने अवस्था आएको भएपनि एकता प्रक्रियालाई सहज तरिकाले टुंगोमा पु¥याउन बराबरीका आधारमा मिलाउने भनेर मापदण्डमा स्पष्ट पारिएको छ ।

त्यसैगरी पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्ने सहमति भएको र उक्त सहमति पत्रमा प्रचण्ड र माधव नेपाल दुवैले हस्ताक्षर गरेका छन् ।

नेकपा –प्रचण्ड–नेपाल पक्षले तय गरेको ९ बुँदे मापदण्ड यसप्रकार रहेको छ ।
१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा ५०र५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष व्यवस्था गर्न सकिनेछ ।

३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेके वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने ।

५. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा म मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)

८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने  निर्णय गरिएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660