मुख्य पोस्ट

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

post-img

फागुन ६, काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक आज दिउँसो तीन बजे पुनः बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि कांग्रेसको हिजो बसेको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । तर उक्त प्रस्ताव पारित भइसकेको छैन ।

कांग्रेसको आज बस्ने बैठकमा भने संसद विघटनविरुद्धको आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी छ । संसद विघटन भएपनि खासै ठूलो विरोध प्रदर्शनको कार्यक्रम नगरेको कांग्रेसले अप्रत्यक्ष रुपमा संसद विघटनलाई समर्थन गरेको आरोप लाग्ने गरेको छ । यद्यपि कांग्रेसले भने उक्त कुराको खण्डन गरिरहेको छ । अदालतमा बहस भइरहेको विषयमा आन्दोलन गर्न उचित नभएको कांग्रेसका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

संसद विघटन विरुद्ध खासै आन्दोलन नगरेको कांग्रेसभित्र देशका प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज उठन थालेको छ । यद्यपि त्यस्तो जनसभा राजधानी काठमाडौंमा मात्रै गर्ने कि सातवटै प्रदेशमा गर्ने भन्ने विषयमा भने छलफलपछि मात्रै टुंगो लाग्ने कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबारको बैठकमा संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्छ भन्ने धारणा राखेका थिए । तर सभापति शेरबहादुर देउवा पक्षले भने उक्त मुद्दाबारे सर्वोच्च अदालतमा बहस जारी रहेकाले अदालतको निर्णय अनुसार नै कांग्रेसले भावी कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660