समाचार

गंगा कार्की ‘विश्व’को दुसाध्य जनयुद्ध पुस्तक सार्वजनिक

post-img

फागुन १, काठमाडौं । गंगा कार्की ‘विश्व’द्वारा लिखित पुस्तक ‘दुसाध्य जनयुद्ध’ नामक पुस्तक एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बीच उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै प्रचण्डले जनयुद्धकै कारण नेपाल अहिलेको राजनीतिक उपलब्धि हासिल गर्न सम्भव भएको बताए । उनले जनयुद्धमा सक्रियतापूर्वक सहभागिता जनाएर त्यसको अनुभूति जस्ताको तस्तै पुस्तकका रुपमा उतारेर गंगा कार्कीले जनयुद्धको घटनाक्रमलाई दस्तावेजका रुपमा अहिलेको पुस्तालाई हस्तान्तरण गरेको बताएका छन् । उनले नेपालमा जनयुद्ध चलिरहेकै बेला विश्वका विभिन्न मुलुकमा पनि यस्तै खालका युद्ध चलिरहेको तर ती युद्धहरु पराजित भइरहेको अवस्थामा नेपालको जनयुद्ध शान्तिप्रक्रिया हुँदै सफलताको शिखर चुम्न सफल भएको बताए । यो सबै काम आफ्नै नेतृत्वमा सम्पन्न भएको पनि प्रचण्डले बताएका छन् ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, ईश्वरचन्द्र ज्ञवाली र पुस्तकका लेखक गंगा कार्कीले पुस्तकबारे धारणा राखेका थिए ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660