|

नेपाल टेलिकमकाे एनटीप्रो सेवा सुचारू

२१ चैत, काठमाडौं–नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई एनटीप्रोसेवा उपलब्ध गराउने भएको छ ।ntc

एनटीप्रो प्रयोग गरी नेपाल वा विदेशबाट समेत जीएसएम नेटवर्क बाहिर भएको तर कुनै इन्टरनेट जोन भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटीप्रो एकाउन्ट खोल्नु पर्छ । यसका लागि एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटीप्रो एप डाउनलोड गर्नुपर्छ । सव एनटीप्रो टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने टेलिकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । एनटीप्रो बाट एनटीप्रो मा निःशुल्क कल गर्न सकिन्छ भने एनटीप्रो बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहने छ ।

यसबाट कम्पनीको नेटवर्कमा ९कल गर्दा र कम्पनीको नेटवर्कबाट एनटीप्रो मा कल प्राप्त गर्दा प्रतिमिनेट रु. ६– शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६– बढी शुल्क लाग्छ ।

Short URL: http://www.ramechhappost.com/?p=1912

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented