समाचार

रामकुमारीलाई पक्राउ गर्न गएको प्रहरीलाई रामकुमारीले दिइन चुनौती

post-img

माघ २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास शंखमूल पुगेको छ । यसअघि उनलाई आफैं प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो । तर झाँक्री प्रहरी कार्यालय नगएपछि उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनकै निवासमा पुगेको थियो ।

आफूलाई पक्राउ गर्न प्रहरी घरमै आएपछि झाँक्रीले यदि आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । झाँक्रीलाई यसअघिका सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए ।

झाँक्री प्रहरी कार्यालय नगएपछि उनको निवासमै गएको प्रहरीलाई उनले आफूहरु राजनीतिक मुद्दामा लडिरहेको र आफूले राजनीतिक अभिव्यक्ति मात्रै दिएको बताएकी छिन् ।

झाँक्रीको घरमा प्रहरी गएको खबर पाएसँगै सञ्चारकर्मीहरुको समेत ठूलो भीड लागेको थियो । सोही अबसरमा सञ्चारकर्मीहरुसँग उनले भनिन– ‘यो राजनीतिक मुद्दा हो । हामी सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ राजनीतिक विषयमा आफ्ना धारणा राख्दा पक्राउ गर्ने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई चुनौती दिएको पत्रकारलाई बताएकी छिन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660