मुख्य पोस्ट

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

post-img

माघ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै आधिकारिकता दावी गर्दै आएका ओली र प्रचण्ड–माधव नेपाल समूह दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोगले आज बोलाएको छ । अबको केही समयपछि निर्वाचन आयोगमा नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षसँग छलफल गर्ने तयारी भइरहेको छ ।

यसअघि विहिबार नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालयमा बोलाएको थियो । आज ११ बजेबाट छलफल गर्न भन्दै ओली र प्रचण्डलाई अध्यक्ष सम्बोधन गर्दै पत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । श्रेष्ठका अनुसार आयोगले ओली र प्रचण्ड दुवै पक्षका पाँचपाँच जनालाई सहभागी हुनेगरी पत्र पठाइएको थियो ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660