|

इस्लामिक हतियारधारीद्वारा १० सैनिक अपहरण

जकार्ता, १६ चैत्र । इस्लामिक हतियारधारीहरुले इन्डोनेसियाका दश सैनिकलाई अपहरण गरी फिरौती माग गरेका छन् ।

जकार्ताका एकजना मन्त्रीले दिएको जानकारीअनुसार इन्डोनेसियाली १० सैनिकलाई अपहरण गर्ने इस्लामिक बिद्रोहीले त्यसका लागि फिरौतीको माग गरेका छन् ।

इन्डोनेसियाको बोर्नो टापूबाट फिलिपिन्सतर्फ गइरहेका ती सैनिकलाई समुद्रमा नै हतियारधारीले अपहरण गरेका हुन् ।

दुईवटा डुंगामा गइरहेका ती सैनिकलाई उनीहरुले अपहरण गरी अज्ञातस्थलमा लगेका छन् । इन्डोनेसियाली ती मन्त्रीका अनुसार नियन्त्रणमा लिएर अज्ञात स्थलतर्फ लगेपछि हतियारधारीले इन्डोनेसियाली सरकारसँग फिरौती माग गरेका हुन् ।

फिलिपिन्सको अबु सैयब नामक एक सशस्त्र हतियारधारी समूहले फोन गरी ती डुँगाका मालिकसँग फिरौती माग गरेका बताइएको छ ।

उक्त इस्लामिक समूहले के कति फिरौती माग्ने भन्ने बारेमा भने केही पनि बताइएको छैन । उनीहरुलाई गतहप्ता अपहरण गरिएको हो ।
एएफपी

Short URL: http://www.ramechhappost.com/?p=1811

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented