मुख्य पोस्ट

अनुशासित प्रतिनिधिसभाको खोजीका लागि संसद् विघटन गरिएको पोखरेलको दावी

post-img

माघ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै अहिले नेपालको राजनीतिक बृत्त यसैको सेरोफेरोमा घुमिरहेको छ । एकाथरिले प्रतिनिधिसभा विघटन गर्नु संविधानकै हत्या भएको बताइरहेका छन् भने एकाथरिले नयाँ प्रतिनिधिसभाको निर्वाचन हुनु प्रगतिशील कदम भनिरहेका छन् ।

यसैबीचमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभाको हत्या नगरेको बरु अनुशासित र जनताप्रति उत्तरदायी र अनुशासित प्रतिनिधिसभाको खोजीका लागि नयाँ जनादेशमा जाने दावी गरेका छन् ।

आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुक एक स्टाटस लेख्दै पोखरेलले यस्तो दावी गरेका हुन । प्रधानमन्त्री केपी ओलीका असाध्यै विश्वासपात्र समेत रहेका र बौद्धिक नेताका रुपमा समेत चिनिएका पोखरेलले लेखेका छन्, ‘प्रचण्ड–माधव नेपालहरुले भनेझै संसद् प्रधानमन्त्री ओलीले संसद मासेको वा संसदको हत्या गरेको नभै नयाँ जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी गर्नुभएको हो । प्रधानमन्त्रीको यो कदम नयाँ युगतर्फको यात्राका लागि भएको समेत पोखरेलले दावी गरेका छन् ।

नेकपाभित्र अन्तरसंघर्ष चर्कदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । विघटन गर्नु अघिल्लो दिनमात्रै पनि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई पार्टीभित्र देखिएको अन्तरसंर्घष हल गर्न गम्भीर हुन आग्रह गरेका थिए ।

त्यसको बदला प्रचण्डले ओलीको आग्रहलाई अस्वीकार गर्दै जे सकिन्छ, त्यही गर्न भनेका थिए । प्रचण्ड–माधव नेपाल समेतको समूहले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाटै हटाउने कार्य गरिरहेकै बेला अन्तत प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेका थिए । अहिले त्यही घटनाको विरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भइरहेको छ । प्रचण्ड–माधव समूह मात्रै होइन जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र अन्य दलहरु समेत प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलित छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660