|

मंगलबारदेखि लोडसेडिङ घट्ने

काठमाडौं, १४ चैत्र । यही चैत १६ गते मंगलबारदेखि नेपाल विद्युत प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राखी दैनिक एक घण्टा लोडसेडिङघटाउने भएको छ । हप्तामा ८४ घण्टा लोडसेडिङ हुनेमा आगामी मंगलबारदेखि भने हप्तामा ७७ घण्टा लोडसेडिङ हुनेछ । light

एसएलसी विद्यार्थीलाई ध्यानमा राखी उनीहरुलाई केही सहज होस भनेर लोडसेडिङ कम गरेको प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवन कुमार क्षेत्रीले जानकारी दिए । लोडसेडिङको नयाँ तालिका भोलि सार्वजनिक हुनेछ ।

‘लोडसेडिङ घट्न सक्ने गरी नदीहरुमा पानीको बहाव नबढेपनि बैकल्पिक उपाय लगाएर भएपनि हामीले लोडसेडिङ घटाउने निर्णय गरेका हौं ।’ क्षेत्रले भने ।

अब दिनमा एक घण्टा लोडसेडिङ घटाउन जलाययुक्त कुलेखानी आयोजनाको पानीलाई अधिकतम् प्रयोग गरिने पनि उनले जानकारी दिए ।

Short URL: http://www.ramechhappost.com/?p=1788

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented