मुख्य पोस्ट

नेकपाको ओली र प्रचण्ड–नेपाल दुवै पक्षको स्थायी कमिटी बैठक बस्दै

post-img

माघ १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली र प्रचण्ड–माधव दुवै पक्षले आज स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले पेरिसडाँडा कोटेश्वरमा बैठक बोलाएका हुन् ।

प्रचण्ड–माधव पक्षको बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्दैछ । सो समूहले प्रतिनिधिसभा विघटनको घटनालाई प्रतिगमनकारी घटना भनेको छ । त्यो पक्षले प्रतिगमन विरुद्धको जारी आन्दोलनको समीक्षा गर्दै भावी कार्यदिशाबारे छलफल गरिरहेको छ ।

यता प्रधानमन्त्री ओली पक्षको स्थायी कमिटी बैठक समसामयीक विषयमा छलफल गर्न बोलाइएको ओली पक्षका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660