मुख्य पोस्ट

शान्ति सम्झौता भएको १४ वर्ष पूरा

post-img

मंसिर ५, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति प्रमुख भूमिका निर्वाह गरेको माओवादी जनयुद्ध शान्तिपूर्ण अवतरण गरेको १४ वर्ष पूरा भएको छ । छ । २०६३ साल मंसिर ५ गते सशस्त्र जनयुद्धको बाटोमा हिँडेको माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउनका लागि विस्तृत शान्ति सम्झौता गरिएको थियो । शान्ति सम्झौतामा तत्कालिन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।

बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै १० वर्ष लामो सशस्त्र जनयुद्ध औपचारिक रुपमा अन्त्य भएको थियो । त्यही शान्ति सम्झौतापछि विद्रोही माओवादी अन्तरिम संसदमार्फत संसदीय राजनीतिमा आएको थियो । त्यसपछि भएको संविधानसभाको चुनावमा माओवादी मुलुककै सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो । त्यतिबेला संसदीय राजनीतिमा मुख्य भूमिका निर्वाह गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले सानो र कमजोर पार्टीका रुपमा संविधानसभा र संसदमा उपस्थित भएका थिए । तर माओवादी ठूलो पार्टी बनेपनि संविधान निर्माण गर्न असफल रह्यो ।

पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न असफल रहेपनि त्यही संविधानसभाको निर्वाचनबाट नेपाल औपचारिक रुपमा राजतन्त्रतात्मक व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनामा माओवादी जनयुद्धकै प्रमुख भूमिका रहेको छ । गणतन्त्रमा जनताबाट निर्वाचित राष्ट्रप्रमुख र कार्यकारी सरकार प्रमुखको व्यवस्था छ । यो अवस्थामा खासगरी माओवादी र तत्कालिन संसदीय राजनीतिक दलहरुले आ–आफ्नो भूमिका निर्वाह गरेका थिए ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660