|

उखुको अभावमा चिनी मिल बन्द

रौतहट, फागुन २५ । पर्याप्त मात्रामा उखु नभएपछि मिललाई बन्द हुन पुगेको छ ।

किसानले उखु नदिएपछि जिल्लाको श्रीराम सुगर मिल बन्द भएको हो । गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको सो चिनी मिल्सको उत्पादन बन्द भएपछि यस वर्षको फागुनसम्म कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ ।

विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक सियाराम साहले बताउनुभयो ।

गत वर्षको बाँकी रकम भुक्तानी नगरेको भन्दै कृषकले अन्य मिल्सलाई उखु बिक्री गरेपछि यस्तो समस्या आएको हो । गत मङ्सिर २५ गतेदेखि उखु क्रसिङ गर्न सुरु गरेको मिल्सले चालु आर्थिक वर्षमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको थियो ।

गत वर्षको किसानको रु ४५ करोड भुक्तानी समयमै नदिएका कारण किसानले अन्यत्र उखु दिएका हुन् । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ तोकिएको थियो ।

उक्त मिल्सले तत्कालै भुक्तानी नदिएका कारण अन्य मिल्सलाई उखु बिक्री गरिएकाले श्रीराम मिल्समा उखु अभाव भएको उखु उत्पादक सङ्घले जनाएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1598

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented