विशेष

बालिका बलात्कारका श्रृंखला कहिलेसम्म ?

post-img

बझाङ् जिल्लाको मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना कामीको यही असोज ७ गते बुधबार बलात्कारपछि हत्या गरिएको जघन्य अपराधिक घट्नाप्रति बाल वातावरण केन्द्र नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । संस्थाले असोज १३ गते संस्थाले जारी गरेको प्रेस विज्ञप्ति मार्फत गरेको छ ।

प्रेस विज्ञप्तीमा घट्नाले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९, नेपाल बाल कानून २०७५, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ (CEDAW), सबै प्रकारका जातीय भेदभाव उन्मूलन सम्बन्धी राष्ट्र संघीय महासन्धि १९६५ (CERD), महिला तथा बालिका उपर हुने हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति, २०७५ लगायत बालअधिकार, महिला तथा किशोरी अधिकार र दलित अधिकारसँग सम्बन्धित सबै ऐन तथा कानूनहरुलाई ठाडो चुनौती दिइरहेको हामीले महशुस गरेका छौं भनी उल्लेख गरिएको छ । यस्तै प्रकारका घट्नाका श्रृङ्खलाहरु सदियौंदेखि चल्दै आएकोले ‘बिचरा यस्तो भएछ’ भनी अब पनि सहानुभूति मात्र दर्शाएर यो र यस्ता अपराधिक घटनाहरु नरोकिने भएकोले सम्पूर्ण अधिकारकर्मी र नागरिक समाज एकजुट भएर दवाव सिर्जना गर्नुको विकल्प अर्को छैन् ।

‘बाख्रा गुमाउनुको भन्दा बाघ पल्किएको’ चिन्ताले मर्माहत पारेकोले यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको कारवाही र पीडित कामी परिवारलाई क्षतिपूर्तिको माग सहित यस्ता छुवाछुत र जातीय भेदभावसँग जोडिएका घट्नाको मुल कारण पत्ता लगाई त्यसको उन्मुलनतर्फ लाग्न सम्पूर्ण राज्य संयन्त्र, सम्बन्धित निकाय, अधिकारकर्मी, नागरिक समाज लगायत न्याय तथा समानताका पक्षधरहरुमा अपिल गर्नुका साथै घटनामा संलग्न जो सुकै अपराधी भएपनि उम्कन नपाउने वातावरण श्रृजना गर्न सम्पूर्णमा सतर्क रहन समेत अध्यक्ष तीर्थराज रसाइली र महासचिव अशोक शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

घट्नामा दोषीको आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि करिब डेढ महिना अगाडि अर्की १३ वर्षीय बालिकालाई बलात्कार गरेको कुरा अनुसन्धानबाट खुल्न आएको छ । तर त्यो घटना भने गाउँमै बालिकाको गोडामा नगद रु ५००।– राखेर ढोगेर माफी मागेपछि सहमतिमा छाडिएको खुल्न आएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660