|

अब निजी सवारीलाई नियमित तेल दिने

काठमाडौं माघ १९ । नेपाल आयल निगमले निजी सवारीलाई भोलिदेखि नियमित रुपमा तेल दिने भएको छ । यसअघि निगमले एक दिन बिराएर त्यो पनि लट हेरेर निजी सवारी साधनलाई तेल दिदै आएको थियो । सोमबारसम्म निजी कारलाई तेल दिएको आयल निगमले बुधबारदेखि फेरि निजी मोटरसाइकललाई तेल दिने भएको हो ।tell
बुधबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको आयल निगमले जनाएको छ भने शुक्रबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने भएको छ । त्यससँगै कारलाई पनि चाँडै नै पेट्रोल दिने आयल निगमले जनाएको छ । बुधबार काठमाडौंका ४७ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् ।
तेल भर्न जाने सवारीको ब्लु बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ ।
भोलि तेल वितरण हुनेपम्पमा आजनै तेल पठाइनेछ ।

Short URL: http://www.ramechhappost.com/?p=1511

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented