|

सनसनी चर्चा एयरलिफ्टको

बलिउडमा जति चर्चा कमाउन सफल भयो चलचित्रले त्यति नै सफलता पाउछ भन्ने त भनाई नै छ । त्यस्तै चलचित्रको सुरुवातदेखि नै चर्चा कमाए सफल अक्षकुमारको चलीचत्र एयरलिफ्तले निकै चर्चा बटुल्न सफल भएको छ ।airlift

जनवरी २२ देखि रिलिज भएको यस चलचित्रले सय करोडको आँकडा पार गरेको छ भने दोश्रो शुक्रबार ४.५०, शनिबार ६.५० र आइतबार ८.२६ करोडको कमाई गर्दै यो चलचित्रले १०२.७६ करोडको कमाई गरेको हो । बर्षको पहिलो महिना नै सफल देखिएपछि यो बर्ष बलिउडलाई फाप्ने देखिएको छ । यो बर्ष साहरुख खान, आमिर खान, सलमान खान, ऋतिक रोशन, अजय देवगण जस्ता स्टारको चलचित्र रिलिज हुने भएकाले पनि सय करोडको आँकडा बढ्ने अपेक्षा गरिएको छ । ‘एयरलिफ्ट’ अक्षय कुमारको अहिलेसम्मकै सवाधिक बढी कमाउने चलचित्र हो । अहिले बलिउडमा राम्रा चलचित्रले उत्कृष्ट व्यापार गर्न थालेका छन् । हुन त राम्रो चलचित्र बने जहिले पनि सफल त भइहाल्छन् तर यएरलिफ्टको सफलताले यो कुरा प्रमाणित पनि गरिदिएको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1507

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented