अर्थ विजनेस

उद्योग व्यापार संगठन रुपन्देहीले ‘लकडाउन’ अवज्ञा गर्ने

post-img

भदौ १७, बुटवल । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लामो समयदेखि लकडाउन र निषेधाज्ञा जारी रहँदा उद्योग, व्यापार व्यवसाय ठप्पप्राय भएको भन्दै निषेधाज्ञाको अवज्ञा गर्ने उद्योग व्यापार संगठन रुपन्देहीले चेतावनी दिएको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीले विज्ञप्ति नै निकालेर निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको हो । लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएका भन्दै अब पनि लकडाउन र निषेधाज्ञा जारी रहने हो भने आर्थिक रुपमा व्यापार व्यवसाय ठप्प हुने भन्दै अब पनि निषेधाज्ञा र लकडाउन थेग्न नसकिने अवस्थामा पुगेको संगठनका रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन भदौ २० गतेसम्म लम्ब्याउने सिफारिस गर्ने विषयमा प्रशासनले ‘अन्तिम पटक’का लागि भनेर अनुरोध गरेकाले निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएको हुँदा अब गरिने लकडाउन स्वीकार्य नभएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

निरन्तरको लकडाउनले उद्योगी व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्, कच्चापदार्थ र तयारी वस्तु ओसारपसारमा समस्या भएको छ, पसलमा रहेका सामान सड्ने, बिग्रने, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समेत समस्या भएको छ । त्यसो हुनाले अव पनि व्यवसायीहरुले निषेधाज्ञा स्वीकार गर्न नसकिने अवस्थामा पुगेको जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं ।’ भनिएको छ ।

रुपन्देही उद्योग व्यापार संगठनमा जिल्लाको मुख्य शहर भैरहवामा २५ सय र जिल्लाभर ५ हजार उद्योगी–व्यवसायी आवद्ध रहेका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660