मुख्य पोस्ट

आज देशभर १०६९ जना नयाँ कोरोना संक्रमित थपिए

post-img

भदौ १६, काठमाडौं । हरेक दिनजसो कोरोना भाइरस संक्रमितहरुको संख्या बढिरहेको बेला पछिल्लो २४ घण्टामा १०६९ जना नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु फेला परेका छन् । आज फेला परेका नयाँ संक्रमितहरुमध्ये ४८१ जना काठमाडौं उपत्यकाभित्रका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार १२ हजार ८८ जना व्यक्तिहरुमा गरिएको परीक्षणमा १०६९ जना नयाँ संक्रमित फेला परेका हुन् । आज थपिएको यो संख्यासँगै मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

यता कोरोना संक्रमितहरु निको हुने क्रम पनि बढिरहेको छ । मन्त्रालयले आजै दिएको जानकारी अनुसार देशभरबाट पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणबाट निको भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त भएकाहरु २२ हजार १७८ जना रहेको समेत मन्त्रालयले जनाएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660