|

के थियो रणबीर र कट्रिनाको ब्रेकअपका कारण

मुम्बई । बलिउडमा निकै चर्चा कमाएको जोडी रणवीर कपुर र कट्रिना कैफको सम्बन्ध चिस्सिएको छ । एकताका निकै चर्चा कमाएको यो जोडी मगनीसमेत गरीकन सम्बन्ध चिस्सिएको हो । रणबीर कट्रिनाको ब्रेकअप कसरी भयो भन्ने समाचारले अहिले बजार तताएको छ । उनीहरुको ब्रेकअप कसरी र किन भयो ?

11111111111`
स्पटब्वाय पत्रिकाले आलिया भट्टको कारण रणबीर कट्रिनाको ब्रेकअप भएको समाचार प्रकाशन ग¥यो । उनिहरुको ब्रेकअप हनुमा आलिया जिम्मेवार छिन् भन्ने समाचार स्पटब्वाईले लेखेको छ ।
समाचारमा उल्लेख भए अनुसार ब्रेक हुनु भन्दा केही महिना अघि निर्देशक इम्तियाज अलिले अँधेरीस्थित निवासमा एउटा पार्टीको आयोजना गरे । पार्टीमा उनले आफ्ना केही नजिकका मित्रहरुलाई निम्ता गरे । पार्टीमा रणबीरले आलियाको अलि बढी ख्याल गरे । जुनकुरो कट्रिनालाई चित्त बुझेन । घर पुगेपछि आलियाकै विषयमा कट्रिना र रणबीरविच झगडा भयो ।
रणबीरले पनि आफ्ना साथीहरुलाई वेला बेलामा पार्टी दिन्थे । पार्टीमा आलियालाई नियमित निम्ता जान्थ्यो तर, पछि कट्रिनाकै कारण आलियालाई निम्तो जान छाड्यो । आलियालाई निम्तो गर्न नपाएकै कारण रणबीरले कट्रिनासँग ब्रेकअपको माध्यम रोजेको हो भन्ने भारतीय मिडियाले सार्वजनिक गरेको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1463

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented