विशेष

नेपालको पहिचान स्वास्थ्य सम्बन्धी बहुगुणी अकबरे खुर्सानी

post-img

नेपाललाई विश्वमा पहिचान गराउने खानामध्ये अकबरे खुर्सानीलाई पनि प्रमुख मानिन्छ । यो खुर्सानी संसारमा कही पनि नपाइने कतै–कतै पाइएता पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइन्न । यो खुर्सानीलाई डल्ले र ज्यानमारा पनि भनेर पनि चिनिन्छ । आवश्यता भन्दा ज्यादाखादा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा भनेर चिनिएको हो । साधारण तया खुर्सानी पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन । यसले खानालाई पिरो मात्र बनाउने होइन एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । यो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउने होइन स्वाथ्य सम्बन्धी पनि व्यापक फाइदा छ ।

नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्टिकको दबाइ भनेर नै चिनिन्छ । वैदेशिक रोजगार र अध्ययनमा विदेशिएका नेपालीहरुले सबैभन्दा मिस गर्ने चिज नै यो डल्ले हो भनिन्छ त्यसैले त जो कोही आफन्त नेपालबाट जाँदा उनीहरुले यही अकबरे मगाएका हुन्छन । नेपालका प्राय सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि, अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ । तेर्हथुमबाट २०७५ सालमा मात्र ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतको विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रायोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रति केजी ३०० देखि ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरु पनि यो नगदे बालीमा आकर्शित भएका छन ।

खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ । प्राय भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुन्न । खुर्सानी खानु केही पेटका विमारीका लागि बेफाइदा भएता पनि यसका फाइदा धेरै छन । सामान्यतया नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ र यो भित्र पनि दर्जनौ जात हुन्छ । यो समय नेपालमा पनि डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतही यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसावले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ । त्यस्तै स्पाइसी ड्रिक भनेर हार्डड्रिन्कमा समेत मिसाएर खान थालिएको छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानी अली भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागेता पनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसहरुको लागि औषधीको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाइदा

खाना पचाउने काममा विशेष सहयोग प¥ुयाउने काममा अकबरे खुर्सानीले सहायता पु¥याएको हुन्छ ।
माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।
नियमित यो खुर्सानी सेबन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पु¥याउँछ ।
हाड जर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।
कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउने पनि अकबरे निकै फाईदा जनक सावित छ ।
डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।
शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पु¥याउँछ ।
रगतमा चिनीको मात्रा घटाऊन मद्दत पु¥याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।
ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्दत पु¥याउँछ ।
पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पु¥याउँछ ।

अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।
थकाई पन घटाएर शरीरमा चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ तपाईंलाई अल्छि लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सक्नु हुन्छ ।

यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धि मात्र होइन अन्य रोगीलाई समेत फाइदा पु¥याउँछ ।
एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660