|

नेपाल यातायातमा कर्मचारीको मनोमानी

pushpa MC

pushpa MC

पुष्पा एम.सी.
२०७२ माघ ३ गते साझको बेला थियो । मलाई नयाँ वानेश्वरबाट चक्रपथ (बसुन्धारा)सम्म जानुपर्ने थियो । वानेश्वर पानीट्ंकी छेउमा उभिएको झण्डै एक घण्टा भइसकेको थियो । नेपाल यातायातको पर्खाइमा मलगायत झण्डै ३ दर्जन मानिसहरु आफ्नो गन्तव्यमा जानका लागि गाडी कुरिरहेका थिए ।
बालकुमारीबाट नयाँ बानेश्वर हुँदै पुतलीसडक, बालुवाटार, चक्रपथ हुँदै धोलीखेलासम्म जाने नेपाल यातायात अत्याधिक यात्रुहरुको चापले भरिएर आइरहेका थिए । नेपाल यातायात भने कुनै नरोक्ने, रोके पनि बस स्टप भन्दा फरक ठाउँमा रोक्ने र यात्रु ओराल्ने वित्तिकै यात्रुलाई चढ्न नदिई गाडी चलाइहल्ने गरिरहेका थिए । त्यसरी अपायक ठाउँमा बस रोक्दा पनि दौडेर बस चढ्न गयो भने गाडी जाँदैन है गन्तव्यसम्म आधाबाटोसम्म मात्र जाने हो, तेल हाल्न जाने हो भन्दै गाडीका सहचालकले भनेपछि यात्रुहरु केही चढ्थे त केही अर्काे गाडीकोे प्रतिक्षाका लागि फर्किन्थे । म पनि अर्काे गाडी आउला नि त भन्ने सोचेर फर्किए ।
साझको झण्डै ६ बजिसकेको थियो । एउटा नेपाल यातायात आयो, बस स्टपमा नरोकी केही अगाडी रोक्यो । यात्रुहरु तछाडमछाड गर्दै दौडिएर बस चढ्नका लागि झुम्मिए । म पनि गाडी चढ्न प्रयत्न गर्दै थिए त्यत्तिकैमा खलासीले ‘नक्साल सम्म मात्र गाडी जान्छ’ भन्दै झर्ने यात्रुसँग पैसा (भाडा) उठउँदै करायो । म फर्किए र फेरि अर्को गाडीको प्रतिक्षमा उभिए । अन्य केही चढे केही रोक्किए त्यही अर्काे गाडीको प्रतिक्षाका लागि ।
तेलको अभावले कम पाइने गाडी त्यसमाथि पनि माघको छोटा दिनको अँधेरी साँझ । गाडीमा मनोमानी गरेको देख्दा म कसरी घर पुुगम भन्ने चिन्ता लाग्न थाल्यो । साढे ६ बजेछ यति चाँडै त गाडी पाइनुपर्ने भन्ने मनमा कुरा खेलाउँदै अब गाडी परिवर्तन गरेर भए पनि घर जान्छु भनेर नयाँ बानेश्वर चोकतिर जाँदै थिए एउटा त्यस्तै भरिएको नेपाल यातायात आयो र नयाँ बानेश्वर चोकबाट मोडिनेवित्तिकै मेरै अगाडी रोक्यो । गाडीभित्र खचाखच यात्रुहरु थिए, केही झर्दै थिए, खलासी तेल हाल्न जान लागेको पुतलीसडकसम्म मात्र जन्छ भन्दै थियो । त्यहाँसम्म गई अर्काे गाडीमा जान्छु भन्ने सोचेर म जबर्जस्ती त्यही गाडीमा चढेँ, ढोका छेउमा उभिए गाडी गुड्यो । बसस्टपमा धेरै हात दिँदै थिए गाडी नरोकी चलिरह्यो, अनि सुरु भयो त्यहाँभित्र गाडीका चालक, सहचालक अनि उनीहरुकै कोही एक जना सहपाठी होलान सायद । एउटाले गाडी किन नरोकेको भन्छ, अर्काेले ट्याक्सीलाई पनि पैसा कमाउने मौका दिएको भन्छ । ‘ती सानी फुच्ची त टिचिङसम्म जान्थिन्’ सहपाठीले भने, लामाको जस्तो अनुहार परेको अर्धवैशे गुरुवाले भने, ‘बुढाबुढी र बच्चाको आमालाई मात्र म हेर्छु, तरुनीलाई तिमी हेर न’ यस्तै यस्तै वाईयात प्रशंगका कुराहरु उनीहरु गर्दै थिए । गाडी गुडीरह्यो । पुतलीसडकसम्म आईपुग्दा यात्रु ओराल्ने काम मात्र गरे त्यो बसमा कसैलाई चढाएनन् । धेरै ठाउँमा गाडी रोक्न हात दिएका यात्रुहरु गडी नरोकेको देखेर हेरिरहेका थिए । उनीहरु नानाथरी कुरा गर्दै हास्दै थिए ।
पुतलीसडक आइपुग्दा यात्रुहरु झरेर सिटका यात्रुमात्र बाँकी थिए । अनि गाडीको स्टार्ट नै बन्द गरी उनीहरु हावा गफ गर्न थाले । खलासी त्यतिबेला बल्ल चक्रपथ, धुम्बाराही धोवीखोलाको अन्तिम गाडी हो यो भन्दै कराउन थाल्यो । गाडीभित्र ती दुई जना कोटेश्वर र वानेश्वरमा मान्छे छोडेको पाप लाग्यो भन्दै हास्दै फेरि गफ चुट्न थाले । झण्डै १५ मिनेट त्यहाँ गाडी रोकेपछि गाडी स्टार्ट गरी गुड्न लाग्ने बेला दुई जना केहीहरु आए र चढ्न थालेका थिए, खलासीले खरो बोलीमा ‘कार्डसार्डको छुट छैन है, अहिले चढ्ने अनि झर्दा १० रुपैयाँ दिएर कार्ड देखाउने होइन नि,’ भन्यो । साझको गाडी उनीहरु केही नबोली चढे ।
‘जिब्रोको गरिएमा मिठो बोलीमा’ लेखेको कागज टाँसेको रै’छ गाडीमा । ढोकोमा भाडालिस्टटासेको रैछ । त्यहाँ बा१ख ७३०६ भनि साइनपेनले गाडी नम्बर पनि लेखेको रै’छ । मैले त्यो हेरे अनि उनीहरुले अप्रत्यक्ष रुपमा यात्रुहरु त्यसमा पनि महिलाहरुलाई खिसि गरिरहेका थिए । कसैले केही बोल्ने ठाउँ थिएन । सबैलाई गन्तव्यमा पुग्नु थियो । मैले जसरी अरुले नि उनीहरुको बकम्फुसे गफ चुपचाप सुनिरह्यौ । ‘गन्तव्य आयो म झर्नुप¥यो’ यात्रुले भन्दा ‘अघिनको स्टेसनमा किन नझरेको ? यहाँ मिल्दैन, गाडी गुडिराछ’ भन्दै अर्काे स्टेसनमा पु¥याउने गर्दै गफमा व्यस्त थए उनीहरु ।
भाटभटेनी भन्दा कही अगाडि वर्कसफ भन्ने ठाउँमा एकजना महिलाले ‘म बच्चासँग छु, यहाँ गाडी रोक्दिनुस् न’ भन्दा गाडी धेरै नै अगाडि बढ्यो र रोकियो । ‘बच्चा आमा दुईटै झर्नुस् हामी लग्दैनौ’ खलासीले हाँस्दै भन्यो । ड्राइभर फोनमा व्यस्त थियो । ती महिलाले ‘कस्तो वाईयात बोलेको भनेको ठाउँमा नि नरोक्ने’ भन्दै झरिन् । उनीहरुमा हाँसोको पैरो प¥यो । ‘घरमै छन् दुईटी बुढी किन लानु’ भन्दै गाडी गुड्यो ।
उपत्यकामा साझा यातायात र नेपाल यातायातले राम्रैसँग यात्रुहरुको मन जितेको छ । तर नेपाल यातायातमा देखिएको यस्तो दृश्यले मेरो मन खिन्न भो । सबैसँग ट्याक्सी चढ्ने पैसा हुँदैन, गन्तव्यमा पुग्नुपर्ने बाध्यता हुन्छ । गाडी नचढी साध्य लाग्दैन । तर गाडीका चालक–सहचालकहरुको यस्तो व्यवहारले धेरैको मन दुखाएको छ । गाडीमा उनीहरुबाट भएको अभद्र व्यवहारविरुद्ध ट्राफिक प्रहरीमा १०३ मा उजुरी दिन त मिल्छ तर उजुरी गरेपछि उनीहरुलाई ३०० को चिट काटेर मात्र उनीहरुको व्यवहार सच्चिदैन । यसका लागि उनीहरुको भित्री मनदेखि नै मानवियता जाग्नु आवश्यक छ । हामीलाई जस्तो सवारी साधनमा समस्या उनीहरुलाई नपर्ला सायद उनीहरुले त्यही सोचेका होलान् तर उनीहरुका नजिकका मानिसलाई त पक्कै पनि यस्ता समस्या पर्छ होला नि । यात्रुहरुलाई उनीहरुको मनोरञ्जनको पात्र बनाउनु गलत कुरा हो । कुनै पनि पेशामा सँलग्न यस्ता २÷४ जनाले गर्दा त्यो पेशालाई नै बदनाम गराएका हुन्छन् । कुनै पनि पेशा आफैमा नराम्रो हुँदैन । त्यसैले त्यस्ता मान्छेलाई ३०० रुपैयाको चिट काटेर कारवाही भन्दा पनि उनीहरु आफैमा सच्चिनु आवश्यक छ ।
mबजबचब)उगकजउब२थबजयय।अयm

 

Short URL: http://www.ramechhappost.com/?p=1424

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented