|

ऋतिकको जन्मदिनमा उनका बुबाले दिए नौलो उपहार

१४ माघ, एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन आइतबारबाट ४२ वर्ष लागेका छन् । सुजैन खानसँगको वैवाहिक सम्बन्धबाट छुट्टिएर बसेका ऋतिकलाई उनका बुबा राकेश रोसनका तर्फबाट जन्मदिनमा नौलो उपहार मिलेको छ । त्यो हो, राकेशले छोरा ऋतिक र आदित्यको दुश्मनी तोडिदिएर ऋतिकलाई यशराजको फिल्मसमेत दिलाइदिएका छन् ।ritik
केही समयअघि ऋतिकले भारतको ठूलो ब्यानरमध्येको एक यशराज ब्यानरसँग फिल्म खेलेबापत सलमान बराबरी पारिश्रमिक पाउनुपर्ने माग राखेका थिए । नाम तय नभइसकेको फिल्म खेल्न ऋतिकले करिब ५० करोड पारिश्रमिक मागेका थिए । तबकि सलमानले यशराज फिल्मले बनाउन लागेको ‘सुल्तान’ बाट करिब ७५ करोड लिने चर्चा चलेको थियो ।
ऋतिकले पनि सलमान बराबरीमा आउन खोजेपछि यशराज ब्यानरका आदित्य चोपडासँग ऋतिकको भनाभन मात्र भएन, दुश्मनी पनि सुरु भएको थियो । त्यसपछि ऋतिकले यशराजको फिल्म नखेल्ने भन्दै पिता राकेश रोशनले बनाउन लागेको फिल्मलाई समय दिएका थिए ।
आइतबार छोराको जन्मदिनका दिन राकेशले ऋतिक र आदित्यको दुश्मनीलाई मित्रतामा बदलिदिएका हुन् । बताइएअनुसार अब ऋतिकले खेल्ने उक्त फिल्मको अनुमानित बजेट, फिल्म बनेपछि अनुमानित कमाई र बाहिरी बजारमा बेच्दा उठ्ने अनुमानित रकम हिसाब गर्दा ऋतिकको भागमा ६५ करोड आउने छ ।

Short URL: http://www.ramechhappost.com/?p=1396

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented