|

‘कसैलाई नभन्नु’ तयार

१२, पौष . ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ कथा मानिसएको नेपाली कथानक चलचित्र ‘कसैलाई नभन्नु’ निर्माण भएको छ । अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्र सर्जु लामिछानेको प्रस्तुतीमा निर्माण भको हो ।

kasailai
शिवहरि रेग्मी निर्माता रहेको यस चलचित्र आगामी माघ २२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्र प्रदर्शनका लागि तयारी भएको र अब युनिट चलचित्रकोे प्रमोसनमा जुटेका चलचित्रको निर्माण पक्षले बताएको छ ।
चलचित्रको मुख्य आर्कषण संगीत रहेको चलचित्रका निर्मता रेग्मीले बताए । ‘कसैलाई नभन्नु’ म्युजिकल चलचित्र भएको पनि उनले दावी गरे ।
मन्दिप रानाको निर्देशन रहेको यस चलचित्रमा जनक गुरुङको द्वन्द्व, रामचन्द्र श्रेष्ठ र भीम बिसीको संयुक्त संगीत, राहुल राईको छायांकन रहेको छ । चलचित्रमा नृत्य निर्देशन दीलिप ओखडाले गरेका छन् ।
चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ । चलचित्रमा ‘चम्पाकली’ बोलको एउटा आइटम डान्समा निरामिकाको हट डान्स देख्न सकिन्छ,

Short URL: http://www.ramechhappost.com/?p=1361

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented