मुख्य पोस्ट

क्वारेन्टाइनमा समाजसेवी कार्कीले पु¥याए योगदान

post-img

जेठ २७, काठमाडौं । यतिवेला विश्वका मानिसहरुलाई कोरोना भाइरसले लाखौको संख्यामा ज्यान लिइरहेको छ । त्यसैगरी नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । कतिपय मानिसहरु एक अर्कामा रोग लाग्ने डरले घरवाट बाहिर निस्कन समेत डराइरहेका बेला नेपालको सुर्खेत जिल्लाको लेकबेसी नगरपालिका वडा न. ३ मा भने युवाहरुको जोस फरक खालको देखिएको छ । त्यहाँकै स्थानीय युवा भुपेन्द्र कार्कीको सक्रियतामा ४ जना युवाहरुले त्यहाँ स्थानीय सरकारवाट स्थापना गरेको क्वारेन्टाइनमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई स्वयंसेवकको रुपमा निशुल्क सेवा प्रदान गरिरहेका छन् ।

१८ दिन अगाडिदेखि छिमेकी राष्ट्र भारत लगायत देशवाट नेपाल आउनुभएका र समाजमा संक्रमण फैलने डरले क्वारेन्टाइनमा बस्नुभएका आफ्नो स्थानीयहरुमा कुनै सामाजिक सद्भावमा असर नपुगोस भनेर आदरभाव सहित उहाँहरुलाई खाना खुवाउने, सरसफाईमा सहयोग गर्ने, आत्मबल बढाउने र स्वास्थ्यमा समस्या आएका विरामीलाई तुरुन्तै उद्दारमा खट्ने कार्य गरिरहेको सुर्खेतवाट भुपेन्द्र कार्कीले जनाकारी दिएका छन् ।

लकडाउनको समयमा मानिसहरु घरवाट बाहिर समेत निस्कन डराइरहेका बेला लेकबेसी नगरपालिका वडा न. ३ का युवाहरु जस्तै देशैभरीका युवाहरुले सेवा प्रदान गर्ने हो भने कुनै पनि नेपालीले क्वारेन्टाइनमा रोग र भोकले कुनै नेपाली मर्ने थिएनन् होला मात्र फेसबुकमा समाजसेवा देखाउने नकारात्मक प्रवृत्तिले नेपालको वास्तविक समाजसेवालाई नै चुनौती दिएको छ । अहिलेका युवाहरुले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660