भिडियो

नेपालको शिक्षाप्रणाली प्रविधिमैत्री हुनुपर्छ

post-img

शरण चौलागाई, प्रिन्सिपल

शंकर नेशनल इङ्लिस सेकेन्डरी स्कुल, सूर्यविनायक न.पा.–४, दधिकोट भक्तपुर

जेठ १७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मानिसहरु घरभित्रै थुनिएका छन् । नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) भएसँगै मानिसहरु घरभित्र थुनिएका छन् । उद्योगधन्दा, कलकारखाना मात्रै होइन, शैक्षिक संस्थासमेत बन्द रहेका छन् । लाखौलाख विद्यार्थीहरु अहिले घरभित्रै थुनिएर बस्नु परेको छ । विद्यालय तहमा महत्वपूर्ण मानिने कक्षा १० मा लिइने एसईई तथा कक्षा ११ र १२ को परीक्षा समेत स्थगित भइरहेको छ । तोकिएको समयमा परीक्षा हुन नसक्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर समेत पर्न थालेको छ । परीक्षा कहिले हुन्छ ? हुन्छ कि हुँदैन ? भइहाले कहिले हुन्छ भन्ने कौतुहल आम विद्यार्थीहरुमा परिरहेको छ । यसको ठोस जवाफ अहिले सरकारले समेत दिन सकिरहेको छैन । केही समय अगाडिदेखि लकडाउनकै समयमा विद्यार्थीहरुलाई अनलाइनबाटै भएपनि पठनपाठनलाई अगाडि बढाउने उद्देश्यका साथ निजी तथा सरकारी विद्यालयका तर्फबाट पहलकदमी समेत हुँदै आइरहेको छ ।

लकडाउन जारी रहेकै बेला हामीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा रहेको शंकर नेशनल इङ्लिस सेकेन्डरी स्कुलले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ । अनलाइन कक्षा सञ्चालन गर्न कत्तिको सहज छ, यसको प्रभाव कस्तो परिरहेको छ भन्ने लगायतका विषयमा शंकर नेशनल इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल (प्रधानाध्यापक) शरण चौलागाईसँग कुराकानी गरेका छौं । कुराकानीका क्रममा चौलागाईले नेपालको शिक्षा प्रणाली प्रविधिमैत्री हुनुपर्ने बताउनु भएको छ ।

कुरानकानीकै सन्दर्भमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र एसईईको तयारीमा रहेको विद्यार्थीहरुलाई अनलाईन मार्फत के कसरी अध्यापन गराइरहनु भएको छ भन्ने जिज्ञासा समेत राखेको छौं । उहाँहरुले सुरुवात गरेको अनलाइन कक्षाबाट नेपालभरका आम विद्यार्थी र अभिभावकहरुलाई समेत बुझ्न सहज हुने विश्वास छ ।

प्रस्तुत छ शंकर नेशलन इङ्लिस सेकेन्डरी स्कुकलका प्रिन्सिपल चौलागाईसँग रामेछाप पोष्टले गरेको भिडियो कुराकानीः

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660