post

कतारमा रानाभाटलाई मृत्युदण्ड नदिइएको पुष्टी

काठमाडौं । भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ । आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। सामाजिक सञ्जालमा उनलाई मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। दूतावासले त्यस्तो फैसला नभएको जनाएको हो । बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो ।

post

नेपाली समाज पोर्चुगलको अध्यक्षमा शेर्पा

लिस्बन। नेपाली समाज पोर्चुगलको संयोजकमा सोम शेर्पा चयन भएका छन् । नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भई नेपाली समाज पोर्तुगल गठन भएसँगै समाजले नयाँ नेतृत्व पाएको हो । आइतबार दुई सङ्गठनबीच एकीकरणको घोषणा कार्यक्रम आयोजना गरी २७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । समाजको सहअध्यक्षमा भरत ढकाल, उपाध्यक्षहरुमा ओमकार खरेल, प्रशान्त गुरुङ, रविन चौधरी र रिञ्जी शेर्पा चयन भएका छन् । त्यसैगरी महासचिवमा ईश्वर पाण्डे, उपमहासचिवमा राजु लामा सचिवमा सुशील आचार्य, विष्णुप्रसाद खतिवडा, फुर्वा लामा, अभिषेक माबुङ, कोषाध्यक्षमा पेम्बागेलु शेर्पा र सहकोषाध्यक्षमा जिग्मे लामा रहेका छन् । समाजका सदस्यहरुमा सोनी शेर्पा, बिना भट्टराई, युगलकिशोर झा, सागर लामा, अस्मिता कँडेल, विपिनकुमार यादव, पुष्प गुरुङ, राजु वाइबा, फुर्वा शेर्पा र बलबहादुर राई रहेका छन् । त्यसैगरी, समाजले धन शेर्पाको संयोजकत्वमा आनन्द गुरुङ, पेम्बा शेर्पा, स्वयम्भु तुलाधार, राजेन्द्र शेर्पा, राजन ढुंगाना, याम गुरुङ, कुमार योञ्जन, सुमन विक, आङनुरी शेर्पा, राजन सुनुवार, विमल पन्थी, कला राई, साङ्थु शेर्पा, बालगोपाल मगर, केन्द्र...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660