post

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

काठमाडौं, १ चैत । रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका उनीहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । ‘‘यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । योसँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २१ पुगेको छ । परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको...

post

चीनमा शक्तिशाली भूकम्प, सयभन्दा बढीको मृत्यु

एजेन्सी, ३ पौष । चीनको उत्तर–पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढीको ज्यान गएको छ । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । भुकम्पका कारण अन्य दुई सय भन्दा बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमले जनाएको छन् । अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन् । यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका...

post

इजरायल भिडन्तः उद्धारको पर्खाइमा नेपाली

काठमाडौं, २२ असोज । पछिल्लो तीन दिन यता इजरायल रणभूमि बनेको छ । नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वी मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा १० हजार भन्दा धेरै रकेट प्रहार गरिए । स्थलमार्गबाट इजरायलमा घुसेका विद्रोही समूह हमासका सयौं लडाकुले हत्या र आतंक मच्चाए । रकेट र ठूल्ठूला बम विस्फोटका आवाजले थर्राइरहेको छ । हमला भइरहेको छ। हमासले गरेको त्यो आक्रमणमा सयौं इजरायली नागरिक र सैनिक मारिए । २ हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १० जना नेपाली समेत छन् । एकजना नेपाली हराइरहेका छन् । भिडन्त अहिले पनि सकिएको छैन । अर्बौं डलर बराबरको भौतिक क्षति भइसकेको छ। जनतालाई सुरक्षा सतर्क गराउन इजरायलले साइरन प्रणाली बनाएको छ। कतैबाट बम आक्रमण हुनेबित्तिकै त्यसको प्रभाव पर्न सक्ने क्षेत्रमा ‘साइरन’ बज्छ । घरभित्र रहेकाहरु बंकर (सेल्टर) मा लुक्छन् । बाटोमा हुनेहरू बाटोमै बनाइएको बंकरमा लुक्छन् । हरेक घरमा एउटा बंकर बनेको हुनुपर्ने...

post

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु

एजेन्सी, २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु हुनेहरुमा नेपाली पनि रहेका छन् । आक्रमणमा १० नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर) को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । यो आक्रमणमा मृत्यु हुनेहरुको संख्या ६ सय नाघेको इजरायली अधिकारीहरुले मिडिया एजेन्सीहरुसँग बताएका छन् । सो आक्रमणमा १० नेपालीको मृत्यु पुष्टि भइसकेको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले जानकारी दिएकी छिन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको...

post

बाढीमा परी २३ सैनिक वेपत्ता

सिक्किम, १७ असोज । भारतको उत्तरपूर्वी सिक्किम राज्यमा भीषण वर्षापछि आएको बाढीमा परी २३ जना सैनिक सम्पर्कविहीन बनेका छन् । टिस्टा नदीमा आएको बाढीका कारण उनीहरु सैनिक सम्पर्कविहीन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ केही सवारीसाधन समेत डुबेका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् । नेपालको सीमा नजिक पर्ने उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आएको हो । ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ। चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण पानीको सतह सामान्य अवस्थाभन्दा १५ फिट माथि रहेको सेनाले बताएको छ । भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडिओमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिन्छ ।

post

जन्मदिनमा सलमान भन्छन्-मलाई डस्ने सर्पसँग सेल्फी लिएँ

पुस १२, काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खान सोमबार आफ्नो ५६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको ठीक एकदिन पहिले अर्थात् आइतबार उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपनि अहिले भने उनी डिस्चार्र्ज भइसकेका छन् । डिस्चार्ज पछि उनले मिडियामाझ आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाए । सलमानका अनुसार आफ्नो घरको एक कोठाभित्र सर्प पसेको र घरबाहिर सर्पलाई ल्याउदा बाहिर हल्ला बढी थियो । त्यसपछि सर्पले उनलाई तीनपटक डसेको थियो । लगत्तै उनी अस्पताल गए र एन्टी-वेनम इन्जेक्सन लगाए । उनले हालसम्म सबै प्रकारका एन्टी-वेनम (क्रेट, वाइपर, कोबरा)को इन्जेक्सन लगाइसकेका छन् । सल्मान भन्छन् ,‘सर्पले मलाई डसेको समयमा मेरी बहिनी अर्पिता निकै डराएकी थिइन् । त्यो समयसम्म सर्पसँग मेरो दोस्ती बढिसकेको थियो । त्यसपछि मैले सर्पसँग सेल्फी लिएँ र उसलाई छोडीदिएँ ।’

post

नेपाली समाजमा विद्यमान गरिवी र यसका प्रमुख कारणहरु

नेपाल हिमाली परिदृश्य र विविध जातीय संस्कृतिको प्रतिनिधित्व गर्ने सानो एवं सुन्दर देश हो । तर यदि तपाईं कुनै विदेशी नागरिकसँग नेपालको बारेमा सामान्य जानकारी लिनको लागि प्रयास गर्नुहुन्छ भने सम्भवतः तपाईले पहिलो उत्तर पाउनुहुने छ कि ‘नेपाल संसारकै सबभन्दा गरीब भएको र कम विकसित देशहरूमध्ये एक हो ।’ तथ्यले उस्तै संकेत गर्दछ । नेपालमा एककिलो चामल किन्नको लागि पर्याप्त पैसा कमाउन ३ घण्टा २१ मिनेट, एकलिटर दूधको लागि ४ घण्टा २६ मिनेट, एककिलो चिनीको लागि ४ घण्टा ५२ मिनेट र एक लिटर खाना पकाउने तेलको लागि १० घण्टा भन्दा बढी श्रम गर्नुपर्छ । त्यसैगरी रंगिन टिभी खरिदको लागि १,२५८ घण्टा, साइकल खरिदको लागि ४३६ घण्टाको तपाईंको श्रम लाग्नेछ । यसले के देखाउँछ भने अझै पनि, लाखौं मानिसहरू नेपालमा चरम गरिवीमा बाँचिरहेका छन, आधारभूत आवश्यकता परिपूर्ति गर्न संघर्षरत छन, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रमा रहेका छन् । यसो हुनुमा दशकौंको राजनीतिक अस्थिरताका साथै राणा र शाह राजाहरूजस्ता दमनकारी शासकहरू मुख्य जिम्मेवार...

बहराइनमा पनि २७ नेपालीमा कोरोना संक्रमण

वैशाख, ५ काठमाडौं । शुक्रबार नेपालमा दुई जिल्ला उदयपुर र चितवनमा १४ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि भएसँगै विदेशमा बस्ने नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनमा बस्ने थप २७ नेपालीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यो संख्या सँगै बहराईनमा बस्ने नेपालीहरुमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४९ जना पुगेको छ । सो कुराको पुष्टि बहराईनमा रहेको नेपाली दुताबासले गरेको हो । बहराइनमा हालसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ । बहराइनमा कोरोना भाइरस संक्रमित भएकाहरुमध्ये सात सय तीन जनालाई निको भइसकेको जनाइएको छ ।

post

इटालीमा बस्ने नेपालीहरु भन्छन् : यहाँको जस्तो गल्ती नेपालमा नहोस्

चैत १६, काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट युरोपेली मुलुक इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा यो रोगका संक्रमितहरु ९२ हजार पुगेका छन् भने यस रोगबाट मर्नेको संख्या १० हजार बढी भइसकेको छ । फेब्रुअरी १६ मा जम्मा दुई जनामा देखिएको यो भाइरस यतिछिटो फैलियो कि त्यसबाट इटाली अस्तव्यस्त नै हुनपुगेको छ । इटालीको यो अवस्था प्रत्यक्ष देखेका र इटालीमै बसोबास गर्ने नेपालीहरुले इटाली सरकारले बेलैमा कोरोना भाइरस विरुद्ध अभियान चाल्न नसकेको र सरकारले जुन बेला रोकथामका निम्ति कदम चाल्यो, उक्त कमदप्रति नागरिकहरुले बेवास्ता गरेकै कारण इटालीले यो महामारीमा ठूलो क्षति भोग्नुपरेको त्यहाँ बसोबास गर्ने नेपालीहरुले बताउन थालेका छन् । उनीहरु एकसाथ भन्छन् यहाँ जस्तो गल्ती नेपालमा नहोस् । यहाँको घटनाबाट पाठ सिकेर नेपाल र नेपाली जनताले सचेतना अपनाउन आवश्यक रहेको इटालीको मान्तोवामा बस्ने महेन्द्रनगरकी गोमा खरेलले बताउनु भयो । त्यसैगरी चितवन घर भएका र इटालीको लेनियानोमा बस्ने विजय भुसाल र भारजी इटालीमा बस्ने बुटवलका बाबुराम...

post

नेपाली महिलाको हत्या गर्ने पूर्वसैनिकलाई ७ वटा जन्मकैद

काठमाडौं । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन् । उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए । नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ । उनको गत वर्ष हत्या भएको थियो । अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । घटनाहरू सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म भएको बीबीसीले लेखेको छ । समाचार अनुसार अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो । साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया अस्मिता खड्का बिष्ट घरायसी कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई सन् २०१८ को जुलाई‌मा अन्तिम पटक जुलाईमा देखिएको बताइएको छ। त्यतिबेला...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660