post

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई राष्ट्रपति पौडेलले पदमुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकलेलाई उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

post

प्रधानमन्त्री प्रचण्डले पाए फेरि विश्वासको मत

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा भएको मतदानका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभामा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत, विपक्षमा ११० मत परेको थियो । एक मत दिन्न भन्नेमा परेको थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० र एकीकृत समाजवादीको नयाँ समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले...

post

अर्थमन्त्री बन्दै वर्षमान पुन

काठमाडौं, फागुन २३ । नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । जसमा माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए । पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् ।  

post

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाएको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुन लागेको रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

post

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

सुर्खेत, २२ फागुन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् । अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।    

post

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

धनगढी, २२ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । उनीहरूलार्इ केही बेरमा पत्रकार सम्मेलन गरी बर्खास्त गरिएको जानकारी दिने तयारी भइरहेको बुझिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर देखिएको ।    

post

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

पाेखरा, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका थिए । मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्। माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

post

सरकारमा सहभागी हुन मुख्यमन्त्री पाउनुपर्ने जनमतको शर्त

काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले आफ्नो शर्त राखेको छ । जनमतले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेका थिए । सोलगत्तै जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय पाउनुपर्ने र मधेश प्रदेशको मुख्यमन्त्री पनि पाउनेपर्ने अडान लिएको छ ।  

post

म नमर्दासम्म नेपालमा राजनीतिक उथलपुथल भइने रहन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । उनले पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको भन्दै आफू नमर्दासम्म नेपालमा राजनीतिक उथलपुथल भइनै रहने बताए । सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताए । उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’ दाहालले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा दिँदै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि पनि बताए । ‘विप्लव उठ्नेबित्तिकै तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई...

post

तीन मन्त्रीको शपथ आज साँझ ५ बजे

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले आज साँझ ५ बजे शपथ लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ जना विना विभागीय मन्त्री बनाउने भएपछि आज साँझ उनीहरुले पद तथा गोपनीयताको शपद लिन लागेका हुन् । राष्ट्रपति कार्यालयमा शपथको तयारी भइरहेको छ । विनाविभागीय ती मन्त्रीहरुमा माओवादी केन्द्रका तर्फबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङ, नेकपा एमाले एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत डीपी अर्यालले मन्त्रीको शपथ लिने भएका हुन् । गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660