post

कतारका राजा आउँदा सार्वजनिक बिदा

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।  

post

कटौती गरिएको समानीकरण अनुदान रकम पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो किस्ता रकममा कटौती गरिएको रकम पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी बजेटको तयारीका बारेमा छलफल गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरेका गाविस महासंघका कार्यकारी निर्देशन राजेन्द्र प्याकुरेलले बताए । मुख्यसचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो आउँदैन भन्ने बुझिएकोले नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताए । अर्थ मन्त्री वर्षमान पुन नेपाल फर्किए लगत्तै प्रकृया अगाडि बढाउन प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएका छन् । कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। यसअघि राष्ट्रिय समन्वयन समितिको पहिलो बैठकले यो समिति गठन गरेको थियो । ९ महिनापछि समितिले आफ्नो प्रतिवेदन बुझाएको हो । यो समिति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको नेतृत्वमा बनेको थियो। प्रतिवेदन हस्तान्तरण कार्यक्रमको अवसरमा महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यस...

post

राजा फर्कने सम्भावना छैन : देउवा

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन । उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफै गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले ।’ नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनु पर्‍यो भनेर मान्छेहरु हिड्दै गरेकोप्रति टिप्पण गर्दै ‘राजा फर्किन्छ भन्ने होइन । उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्छ’ उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए । सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

post

आफ्नो देश आफैले बनाउने हो : अध्यक्ष ओली

काठमाडौँ, १ बैशाख । नेकपा (एमाले) का केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले देश बन्दैन भन्ने भ्रमबाट नेपाली जनतालाई मुक्त गराउनुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्छ । अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट पार्दै नेपाललाई पनि अरु कोही आएर नबनाइदिने भन्दै हामी नेपाली आफैँले बनाउनुपर्ने बताए । त्यसको लागि दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्ने बताए । अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे ।...

post

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुने

काठमाडौं, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित हुने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको १२औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको भन्दै ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गरिन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको पनि स्पष्ट पारिन् ।    

post

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : लिङदेन

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको टिप्पणी गरेका छन् । उनले राजनीतिमा भएको विकृतिका कारण राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको उल्लेख गरे । बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले गंगादेवीको राजनीतिक यात्राको चर्चा गर्दै राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवीराजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गरेको स्मरण गरे । तर यतिबेला राजनीतिमा भएको विकृतिले राजनीति भन्ने बित्तिकै मान्छेहरुले ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको टिप्पणी गरे ।

post

अबको बजेटमा पूर्वलाई प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए । उनले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने भन्दै मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट निर्माण गरिने बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै सरकारका कार्यबाट जनतामा सकारात्मक आशा जागेको समेत उल्लेख गरे । अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी...

post

आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने भन्दै सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको बताए । वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनसमेत सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । लगानी बढाउन र रोजगारी सृजना गरी उत्पादन बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यका तीन...

post

सहिदहरुको सम्मान हुन नसकेको सभापति देउवाको भनाई

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरणका क्रममा सभापति देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभापति देउवाले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पनि पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।    

post

एमाले कास्कीमा खगराज समूहको प्यानल नै निर्वाचित

कास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री सहित खगराज समूहको प्यानलनै विजयी भएका छन् । अध्यक्षामा क्षेत्रीका निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे । उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660