post

एनआरएनएको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुनेछ : अध्यक्ष कुँवर

काठमाडौँ, १३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले आगामी मार्च २ र ३ मा काठमाडौंमा हुन लागेको संघको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुने बताएका छन् । संघको १० औं महाधिवेशनबाट देखा परेका समस्या पहिचान गरी सो हलबाटै निराकरण गर्ने व्यवस्था गर्ने समेत अध्यक्ष कुँवरले बताए । शेष घले प्रमुख संरक्षक रहेको संघले आगामी मार्च २ र ३ २०२४ मा काठमाडौँमा विश्व सम्मलेन वा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष कुँवरले १७ देशमा राष्ट्रिय समन्वय परिषद् बनिसकेका र १५ देशमा परिषद् बन्ने तयारीमा रहेको जानकारी पनि दिए । अध्यक्ष कुँवरले संघको उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट बनाउने चलन रहेको बताउँदै त्यसलाई आफूहरुले बन्द गरेको बताए । संघको अवस्था, महाविधेशनको तयारी र संघलाई विवादरहित बनाउन अध्यक्ष कुँवरको ९ बुँदे योजनाः १. हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघभित्र भएका प्रमुख समस्याहरुको पहिचान गरी १० औं महाधिवेशन हलबाट नै तिनीहरुको निराकरण, न्यूनीकरण...

post

आश्वासन बाँडेका छैनौं, गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएका छौं

युवराज चौलागाई रामेछाप प्रदेश सभा २ का उम्मेदवार बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेश सभा २ का साझा उम्मेदवार हुन् युवराज चौलागाई । २०३५ सालमा रामेछापको साविक गुन्सीभदौरे गाविस वडा नं. ३ स्वाँरा, हालको सुनापति गाउँपालिका वडा नं. १ स्थित जन्मिएका चौलागाई कक्षा ६ मा अध्ययन गर्दैगर्दा कलिलो उमेरमै अनेरास्ववियूबाट राजनीतिप्रति आकर्षित बने । तत्कालीन अवस्थाको राजनीतिक माहौल, उनको बालमस्तिष्कमा घुसेको पञ्चायत विरोधी भावले विद्रोही स्वभावका बन्दै गएका चौलागाई समाजको बेथिति, गरिबी, अन्यायका विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने मान्यता राख्थे । राजनीतिमा लाग्न आफूलाई पढाउने शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताउँछन् उनी । सानैदेखि पाठ्यपुस्तक, पत्रपत्रिका र राजनीतिक पुस्तकहरु अध्ययन गर्न रुचाउँथे । पाठ्यक्रम भन्दा बाहेकका पुस्तक÷पत्रपत्रिकाको अध्ययनबाट नै आपूmमा राजनीतिक दृष्टिकोण बनेको चौलागाईको भनाई छ । २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय चौलागाई २०५० सालमा शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी भदौरेका इकाई समितिको अध्यक्ष बने । २०५२ सालमा अनेरास्ववियूको जिल्ला समिति कोषाध्यक्ष बने भने २०५४ सालमा अनेरास्ववियू क्रान्तिकारीको काभ्रे जिल्ला अध्यक्ष बनेका...

post

चुनावी भाषण गरेर होइन, काम गरेर देखाउँछु – कल्पना धमला

नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं ९ का साझा उम्मेदवार हुनुहुन्छ । २०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मनुभएकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । महिला र विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै १० वर्षे जनयुद्धमा पूर्णकालीन हुनुभएकी धमलाले विभिन्न समयमा पार्टीका महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएको छ । आफूलाई सशक्त महिला हस्ताक्षर र प्रतिभाशाली महिला नेतृको रुपमा उभ्याउन सफल धमला २०६४ सालको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । २०६८ सालमा छोटो अवधि विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी धमला निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । महिला मुक्तिको प्रश्न राज्यसत्ताको संरचनासँग जोडिएकाले राज्यसत्ताको आमूल परिवर्तन नगर्दासम्म महिला अधिकार सुनिश्चित गर्न असम्भव हुने उहाँको ठहर छ । राज्यलाई खबरदारी गर्न र महिलाले नयाँ अग्रगामी राज्यसत्ताको संस्थागत गर्नमा विशेष जोड दिनुपर्ने उहाँको भनाई छ । नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै...

post

संकटपूणर् अवस्थाबाट मुलुकलाई जोगाउनु हाम्रो दायित्व हो

रत्नहरि ढुंगेल युवा नेता नेपाली कांगेस रत्नहरि ढुंगेल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका ढुंगेलसँग नेपालको वर्तमान राजनीतिक परिवेश र नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीत रहेर रामेछाप पोष्टले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे यहाँहरुको पछिल्लो विश्लेषण के छ ? बताइदिनुहोस न ? मुलुकको पछिल्लो राजनीतिक परिस्थिति जटिल छ । मुलतः नेपालमा दलीय झगडा छ । यस्तो अवस्था रहिरह्यो भने हामीले हाम्रो सामरिक महत्व बचाउन या यो माथि अरुले गर्ने हस्तक्षेपबाट जोगाउन सक्दैनौं । यसले देश गम्भीर संकटतर्फ धकेलिन्छ । त्यसकारण यो अवस्था बदल्नु जरुरी छ । यतिबेला मुलुकमा देखिएको संकटपूणर् अवस्थाको अन्त्य गर्नु र मुलुकलाई संकटबाट जोगाउनु हाम्रो दायित्व हो । तपाईहरुको पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, मुलुकको यो जटिल परिस्थितिलाई ठीक ठाउँमा ल्याउने दायित्व त कांग्रेसकै काँधमा छ नि होइन र ? निश्चय नै यो दायित्व नेपाली कांग्रेसको हो । तर, अहिले कांग्रेस...

post

हाम्रो नीति र कार्यक्रमबाट नै हामी वैकल्पिक अग्रगामी शक्ति हौं भन्ने पुष्टि हुन्छ

लोकबहादुर श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय परिषद सदस्य तपाई जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय परिषद सदस्य हुनुहुन्छ । जसपा केन्द्रीय परिषद सदस्यको हैसियतले वर्तमान राजनीतिक परिवेशबारे तपाईहरु कसरी विश्लेषण गरिरहनु भएको छ ? केही समय अगाडि नेपाली राजनीति अत्यन्त गरमागर्मी अवस्थाबाट गुज्रिरहेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नु र दुवै पटक अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको थियो । त्यसमा पनि पछिल्लो पटक सर्वोच्च अदालतले नै विपक्षी दलका नेता शेरबहादुर देउवालाई समय तोकेरै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राजनीतिक घटनाक्रममा तीव्र रुपमा बदलाव आएकै हो । तर गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि राजनीतिक गतिविधि अर्कै धारबाट अगाडि बढिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको दम्भको अन्त्य भएको छ । तर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासमेतको गठनबन्धनमा बनेको वर्तमान सरकारलाई कसरी अगाडि बढाउनु हुन्छ, त्यसअनुसार नेपालको वर्तमान राजनीतिक गतिविधि अगाडि बढ्दा भन्ने मलाई विश्वास छ...

post

विकास र समृद्धिका लागि स्थिर सरकारको खाँचो छ

राजिब मोक्तान केन्द्रीय सदस्य राष्ट्रिय युवा संघ नेपाल तपाई भर्खरै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली निकट राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बन्नुभयो । युवा संघको केन्द्रीय सदस्यको भूमिका प्राप्त गर्दा कस्तो अनुभूति भइरहेको छ ? सर्वप्रथम रामेछाप पोष्टलाई धन्यवाद दिन चाहन्छु, मेरा कुराहरु राख्ने मौका दिनुभएकोमा । राष्ट्रिय युवा संघलाई ओली निकट नेकपा भन्नुभन्दा पनि एकीकृत रुपमै रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक युवा संगठन हो । कतिपयलाई अहिले भ्रम छ कि नेकपा विभाजित भएको छ भन्ने । तर त्यो सत्य होइन । नेकपा विभाजित भएको छैन । केही नेताहरुले नेकपा विभाजन गर्ने कोशिस गर्नुभएको सत्य हो । तर उहाँहरुको प्रयास सफल हुने अवस्था छैन । निर्वाचन आयोगले पनि नेकपा विभाजन गर्न खोज्ने पंक्तिलाई मान्यता नदिनुले पनि नेकपा सिंगो रहेको र त्यो पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा हो । पार्टीले उचित मूल्यांकन गरेर जिम्मेवारी दिएकोमा म एकदमै खुशी छु ।...

post

प्रचण्डभन्दा विप्लवसँग नजिक छौं, तर उनको कार्यदिशा स्पष्ट भएन: मोहन वैद्य

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारको प्रतिबन्ध र धरपकडलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई आपराधिक क्रियाकलाप छाडेर राजनीतिको मूलधारमा आउन बारम्बार आग्रह गरिरहेका छन् । आफ्नो आग्रहलाई नमाने नियन्त्रणमा लिने चेतावनी पनि प्रधानमन्त्री ओलीले दिएका छन् । यद्यपि सरकारले गरेको आग्रह र चेतावनीको प्रभाव विप्लव समूहमा देखिएको छैन । ‘सामाजिक फासीवादी’ सरकारको प्रतिरोध गर्ने आशयका वक्तव्यबाजी विप्लव समूहले गरिरहेको छ । दुवै पक्ष झुक्न तयार नभएको देखिएपछि जनतामा देश पुनः मुठभेडमा जाने हो कि भन्ने सन्त्रासको स्थिति पैदा भएको छ । यसको कसरी समाधान गर्नुपर्ला भन्ने विषयमा सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिबन्धित पार्टीका महासचिव विप्लव समेतका गुरु मानिने मोहन वैद्य ‘किरण’सँग लोकान्तरकर्मी ईश्वर अर्यालले कुराकानी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष ‘किरण’ले वैचारिक हिसाबले आफू प्रचण्डभन्दा विप्लवसँग बढी नजिक रहेको बताए । विप्लव नेकपा र सरकारबीच देखिएको टसलबारे विप्लव र सरकारबीच अहिले जुन टसल चलिरहेको छ, यसमा...

post

‘लड्ने बेलामा सेना–प्रहरीले हामीलाई साथ दिन्छन्’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १० वर्षे जनयुद्ध सञ्चालन हुँदा जनयुद्धको एक खम्बा बनेका  नेत्रविक्रम चन्द (विप्लव) यतिबेला  पनि ‘क्रान्ति ‘मै होमिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरेर त्यसको महासचिव बनेका विप्लव नेतृत्वको समूहलाई अहिले सरकारले भने प्रतिबन्ध लगाएको छ । आफूसँग एउटै मोर्चामा रहेका रामबहादुर थापा  (बादल) सरकारको गृहमन्त्री हुँदा  विप्लव भने प्रमुख सुरक्षा चुनौती बनेका छन् । ‘जनताको बीचमा गएर नयाँ क्रान्तिको उद्घाेष गरेको’ बताउने विप्लव सरकारले आफूहरुमाथि लगाएको प्रतिबन्धलाई उनी फासिवाद र दमनको संज्ञा दिन्छन् । जनताको अधिकार प्राप्तीका लागि फेरि पनि लामो आन्दोलनमा होमिएको दाबी गर्ने विप्लव आफ्नो आन्दोलन चाँडै नयाँ मोडमा पुग्ने पनि दाबी गर्छन् । सरकारसँग वार्ताको ढोका खुल्ला रहेको पनि बताउने  विप्लव वास्वममै के  चहान्छन्  ? हामीले यहि प्रश्नको जवाफ उनीबाटै खोज्ने प्रयत्न गरेका छौं ।  उनले नेतृत्व गरेको नेकपाको आन्दोलन केहो ? यो आन्दोलन कसरी सफल हुन्छ ? सरकारसँगको वार्ता प्रक्रिया र यो पार्टीको आगामी नीति तथा कार्यक्रमका...

post

‘विदेश जाँदा पनि जातिले पछ्याउन छाड्दैन’

काठमाडौं । डा. पायल तडवीको आत्महत्याले दलित छात्रछात्राको उत्पीडनको बहस थप तीव्र बनाइदिएको छ र यसबाट विदेशमा पढ्न जाने दलित विद्यार्थीसँग जोडिएका जातिको समस्यातर्फ पनि ध्यान आकर्षित गराएको छ । सुरज येंगदे अमेरिकामा पढ्छन् । उनी विदेशमा हुने जातिगत भेदभावका सवालहरु उठाउँछन् । उनी महाराष्ट्रको नांदेड इलाकाबाट आएका हुन् र बेलायत र दक्षिण अफ्रिकामा कानुनको पढाई अगाडि बढाइरहेका छन् । यतिबेला उनी अमेरिकाको हावर्ड विश्वविद्यालयमा पोष्ट डक्टरल फेलो हुन् । उनी आफूजस्ता कयौं विद्यार्थी भारतबाट टाढा पुगेपनि उस्तै भेदभावको सामना गर्न अभ्यस्त हुनुपरेको स्वीकार्छन् । बीबीसी मराठी सेवाले सुरजसँग यी मुद्दाबारे कुराकानी गरेको छ । यहाँ उक्त कुराकानीको प्रमुख अंशहरु प्रस्तुत गरिएको छ- एक दलित विद्यार्थीको रुपमा विदेशमा तपाईंको अनुभव कस्तो रह्यो ? जब म उच्च शिक्षाका लागि विदेश गएँ, मैले बेलायतको विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पढाई रोजेँ । मैले पहिले सोचेको थिएँ- मैले उच्च शिक्षा हासिल गर्नेछु । बाबा साहेब अम्बेडकरजस्तै डिग्री हासिल गर्नेछु र देशको सेवा गर्नेछु । म...

post

हामी सडक निर्माण र कृषि उत्पादनमा जोड दिदैछौं

दिनेश लामा वडा अध्यक्ष चौरी देउराली गाउँपालिका वडा नं.२ नाग्रेगगर्चे, काभ्रे काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. २ नाग्रेगगर्चे साविक नाग्रे गगर्चे गाविस वडा नं. ४ रजगाउँमा २०२८ सालमा जन्मिनुभएका दिनेश लामा हाल सोही गाउँपालिका वडा नं. २ को वडा अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । सोही गाउँको खाँडादेवी माविबाट अध्ययन सुरु गर्नुभएका लामाले केही समय शिक्षण पेशा समेत गर्नुभयो । २०४२ सालबाट तत्कालीन नेकपा चौमको विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएका लामा २०५२ सालबाट शिक्षण पेशा छाडेर तत्कालीन एकताकेन्द्र निकट रहेर काम गर्नुभएका लामा २०५४ सालको स्थानीय निर्वाचनमा समेत निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो । गत स्थानीय तहको निर्वाचनमा चौरी देउराली गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भएसँगै गाउँकै विकासमा केन्द्रित लामासँग रामेछाप पोष्टले गरेको कुराकानीका सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ । तपाईको जन्म कहिले र कहाँ भयो ? मेरो जन्म काभ्रे जिल्ला नाग्रे गगर्चे साविक ४ रजवासमा २०२८ सालमा भएको हो । राज्यको पुनर्संरचनासँगै हाल चौरी देउराली...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660