post

योनीबाट बगेको रगतको बाध्यता र त्यसमा लत्पतिएको राजनीति

महिनावारी, शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाको गर्भाशयको भित्री अस्तर रगत र उक्तक योनीबाट निष्कासन हुने प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ, कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी अब आमा बन्न तयार छिन् भन्ने संकेत पनि हो । महिनावारी हुँदा शारीरिक सरसफाईमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । सरसफाई कै लागि भनी हामी अहिले स्याटरी प्याडको प्रयोग गर्दै आएका छौँ । कतिपय ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि फोहोर कपडा नै प्रयोग गर्दै आएका छन् । कतिपय महिलाहरुलाई प्याडको प्रयोग गर्नुपर्छ भन्ने थाहा त छ तर आर्थिक अभाव कै कारण प्याडको प्रयोग गर्न चाहँदा चाहँदै पनि यसबाट वञ्चित भएका छन् । साधारण्तया हामी न्यूनतम ७० पर्ने प्याड प्रयोग गर्दै आएका छौँ । एकपटक महिनावारी हुँदा हामीलाई लगभग २ प्याकेट प्याडको आवश्यक पर्छ । अझ हेभी...

post

बाल दिवसको शुभकामना पाँउला भनेर आस गरेको, कतैबाट सुन्न पाइएन

भदौ २९, काठमाडौं । आज भदौ २९ गते, बाल दिवस । बिहान देखि मलाई कसैले बालदिवसको शुभकामना प्रदान गर्नुहोला कि भन्ने आस थियो र दिन भरि पर्खेर बसिरहे तर कसैले शुभकामना व्यक्त गर्नुभएन । आमा बाबालाई बिहान केही बिर्सनु भयो भनेर भनेको त थिए तर उहाँहरुलाई आज बाल दिवस हो भन्ने हेक्का रहेन । किशोर अवस्थाको मस्तिष्कले पनि यस्तो सोच्छ । केही विशेष दिन छ भने त्यसको शुभासिष पाईऐला कि भन्ने आस हुन्छ र यो उमेरमा त्यसो हुनु पनि स्वभाविक हो । हामीले हाम्रो अभिभावक मान्ने थुपै्र व्यक्ति हुनुहुन्छ र उहाँलाई म आदर सम्मान पनि गर्छु । आफूले एस.ई.र्इं. दिएको विद्यालयका शिक्षकहरुबाट यस विशेष दिनको शुभकामना व्यक्त गर्नुहुन्छ कि भन्ने मनमा परेको थियो तर उहाँहरुको व्यस्तताका कारण बिर्सनु भएको हुन सक्छ । हुन त विद्यालय छोडेर गईसकियो, त्यही पनि हामी विद्यार्थी र शिक्षक बिच यति शिष्टता थियो कि हामी एकै परिवारको जस्तो आत्मियतामा रमाएका थियौं । उहाँहरुलाई यहि लेखबाट धेरै...

post

राजनीतिप्रति किन जाग्दैछ नेपाली जनताको वितृष्णा ?

विगतदेखि आजसम्म हेर्दा थुप्रै व्यवस्थाहरु परिवर्तन हुँदै आएको छ । कहिले राणा शासन विरुद्ध, कहिले पञ्चायत कालको तीस बर्षे निरंकुश राजतन्त्रका विरुद्ध लडाई लड्दै नेपाली जनताले आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छन् । नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था प्राप्तिको लागि ७० वर्षभन्दा लामो समय संघर्ष गर्नुपरेको छ । यिनै संघर्षका क्रममा हजारौं हजार सहिदहरुको बलिदानी भएको छ । तिनै सहिदहरुको बलिदानबाट प्राप्त पहिचान सहितको संघीयता, संघीयतासहितको संविधानको स्थापना भएको गणतान्त्रिक व्यवस्था पनि जनताले सोचेजस्तो भएको छैन । नेपालमा हालसम्म जति पनि परिवर्तन भयो, त्यसले जनताको जीवनस्तरमा खासै परिवर्तन ल्याउन सकेन । परिवर्तनका निम्ति लडेका र जनताप्रति समर्पित भएको दावी गर्ने शक्तिहरुले नै देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्न सकेनन् । आज कुनै पनि त्यस्तो पार्टी र पार्टीका नेताहरु देखिएनन् जसले जनताको जीवनस्तर परिवर्तनमा आफूलाई केन्द्रविन्दूमा राखेका हुन् । त्यसैले नेपाली जनताहरुमा राजनीतिप्रति नै घृणा जागेर आइरहेको स्पष्ट देखिन्छ । नेपाली जनताले गरेको संघर्षको फलस्वरुप आजसम्म जे जति परिवर्तन...

post

वर्तमान एमाले विगतको एमाले र माओवादीसहितको नेकपाकै निरन्तरता हो  

आज हाम्रो अवस्था हेरेर, मलाई आफ्नो अवस्था हेरेर भूपी शेरचनको मैन बत्तीको शीखा भन्ने कविता सम्झना आइराखेको छ । एकातिर सुहागरात सम्झिएर ओठमा मधुर मुस्कान पनि छ । अर्कातिर वैधव्यको दिन सम्झिएर सँगसँगै आँखामा आँशु पनि आइरहेको छ । मलाई त्यस्तै भएको छ । निकै लामो समयको अन्तराल र जिकज्याकपछि थुप्रै साथीहरु केन्द्रीय कमिटीको यस बैठकमा सहभागी हुनुभएको छ । र, हामी एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाउने नयाँ संकल्पका साथ, नयाँ प्रतिबद्धता र अठोटका साथ यहाँ उपस्थित भएका छौं । यो ज्यादै खुशीको कुरा हो । एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधका अभिभाराहरु पूरा गर्न, आफूसामू उपस्थित चूनौतीहरुको सामना गर्न र आगामी विजययात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं । यो सुखद् स्थिति एकातिर छ । अर्कातिर हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरु बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धता बिर्सिएर,...

post

हाम्रो सोच कमजोर कि सामुदायिक विद्यालयका शिक्षकहरु ?

  केही दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, त्यो भिडियो मेरो फेसबुकको वालसम्म आइपुग्यो । प्रसंग थियो एउटी सोझी सामुदायिक विद्यालयकी शिक्षिकाले अपहेलना खेपेको । एकाइसौँ शताब्दीमा कुनै विषयको बारेमा ज्ञान बाढिरहेको शिक्षकलाई आफूले पढाउने विषयको spelling नआउनु दुःखद् कुरा हो तर त्यो पछाडिको कारण हामीलाई थाहा नहुन सक्छ । उनलाई spelling आएन भनेर हाँस्नु भन्दा किन आएन भन्ने कुरालाई बुझ्नु जरुरी जस्तो मलाई लाग्छ । के थाहा ती शिक्षिकालाई क्यामराको अगाडि बोल्न डर पो लागेको थियो कि ? तर सरोकारवाला निकाय नभइकन यस्तो हर्कत गर्दा मेरो विचारमा देशभरिका सामुदायिक विद्यालयको शिक्षक-शिक्षिकाहरुको अपहेलना भएको ठान्दछु ।   हामीहरुले कतिपय कुरा सही ढंगले गरिरहेका हुन्छौँ तर पनि हामीले गरिरहेको कुराको विस्तृत जानकारी हामीसँग नहुन सक्छ । हाम्रो घरमै पनि आमा बुबालाई अङ्गे्रजी नआउन सक्छ । कतिपयलाई बोलीचालीको भाषा आउने तर spelling नआउने पनि हुन सक्छ । त्यस्तै उहाँहरुले धेरै संघर्ष गर्नु भएको हुन्छ र त्यसलाई गहनरुपले बुझ्नु भएको हुन्छ...

post

नेपालको राजनीति अस्थिरता र वर्तमान अबस्था

नेपालमा २००७ साल फाल्गुन ७ गते राणा शासन अन्त्य भएसँगै प्रजान्त्रिक युग सुरुवात भएको थियो । उक्त ऐतिहासिक घटनाको झण्डै दस दिनपछि (२००७ साल फागुन १७ गते) अन्तरिम शासन विधान २००७ घोषणा भयो । २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शमशेर राणाले प्रधानमन्त्रीबाट राजीनामा दिए । त्यसयता मातृका प्रसाद कोइराला लगायत अन्य विभिन्न व्यक्तिहरुको नेतृत्वमा सरकार बन्यो । प्रजातन्त्र प्राप्तिसँगै संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान जारी गर्ने भनेपनि संविधानसभाको निर्वाचन हुन सकेन । बरु बल्लतल्ल २०१५ सालमा संसदीय निर्वाचन भयो । २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त ग¥यो । कांग्रेस नेता वीपी कोइरालाले सरकारको नेतृत्व गरे । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले चार स्थानमा विजय हासिल गरेको थियो । तर कांग्रेसभित्र देखिएको अन्तरसंघर्षका कारण जननिर्वाचित सरकारले डेड वर्ष पनि राम्रोसँग काम गर्न पाएन । कांग्रेसभित्रको अन्तरकलह टुंगिने अवस्था नभएपछि राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको सरकार २०१७ साल पुस १ गते अपदस्त गर्न पुगे ।...

post

देशको राजनीति र कोभिडको कहानी

खोलो त¥यो लौरो बिर्सियो, हात्ती छि¥यो पुच्छर अड्कियो, अछाँ खायौं, बछाँ खाँयौ झुसे बारुलोको, बेसार पानी खाउँ कोरना भगाउँ, लकडाउन लगाउँ कोरना भगाऊ नहुनेलाई घरमै सुताऊ हुनेखानेलाई छाडा लगाउँ, राजनीतिमा रडाको मच्चाऊँ कोरनाको नामबाट अथाह कमाउँ, छाडा तन्त्रको विकाश सत्यको बिनास, रितिथिती केही छैन, जताततै छाडा, राम्रो देख्ने खुसीको खबर सुन्न पढन पाइने होइन कहिले मरिसकेको मानिस कोभिड पोजेटिभ, कहिले मरेको दुई चार दिनपछि रिपोर्ट आउने कहीँ शब संस्कार गर्न स्थान नपाउने, कतै भेन्टिलेटर नपाएर बिरामी मर्ने, ग्याँस किन्न औषधी लिन गएकालाई पुलिसले दुःख दिने, मलाई खान देऊ भन्नेलाई पार्टी सोध्ने, बिरामी, औषधी बोकेको सवारी साधनलाई पास खोज्ने यस्तै यस्तै छ याहाँको चलन । कोही भुक्ने कोही टोक्ने कोही छेक्ने त कोही नदेखेको जस्तो गरी लुक्ने, देखे पनि छैन भन्ने यहाँको यस्तै छ राम कहानी । सँगसँगै हिँड्ने कसैले मुन्टो बटारेका छन कसैले हात पसारेका छन भने कसैले लात मारेका । कसैको केही भर ठेगान छैन । कोही भुँडी फुट्लाभैmँ...

post

चुरेमा पोखिएको राष्ट्रवाद

नेपालको चुरे अर्थात् शिवाङिक पर्वत नामले चिनिने चुरे पर्वत, पश्मिमा पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको हिमालय पर्वत श्रृंखला हो । यस पर्वतको बनावट नदीजन्य पदार्थ गेगर, बालुवा, गिटी भौगर्भिक दरारबाट बनेको अनुमान गरिएको छ । नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा झण्डै ८ सय किलोमिटर अर्थात् नेपालको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ । यस क्षेत्रको भू–बनावट खुकुलो पत्रे चटान र बालुवायुक्त माटोले बनेको छ भने महाभारतबाट बग्ने भएकोले प्राकृतिक रुपमा अति संवेदनशील रहेको छ । चुरेसँगै जोडिएको तथा चुरेको फेदीमा रहेको चुरे बाटोका ढुङ्गा, गिटी र बालुवाले बनेको समथर भू–भागलाई भावर प्रदेश भनिन्छ । यस क्षेत्रलाई तराईको भूमिगत जल भण्डारको रुपमा चिनिन्छ । साथै भावर क्षेत्र तराई मधेसको बीचको बरफ क्षेत्रको रुपमा रहेको छ । र, देशकै झण्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशत भन्दा बढि खाद्यान्नको भण्डारलाई उक्त पानीले सिँचाइ सेवा उपलव्ध गराएको छ ।...

post

क्यान्सर र मृर्गौला रोगसँग भिड्दै सिनासको परीक्षा हलमा भेटिए ८० वर्ष ‘बा’

काठमाडौं, ८ वैशाख । नेपालीमा एउटा उखान छ, ‘खाने मुखलाई जँुगाले छेक्दैन ।’ अर्को भनाई पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ, ‘जहाँ ईच्छा त्यहाँ उपाए ।’ यी दुबै उखान सायद कसैको जीवनमा एकैसाथ मेल खान्छन् भने जिन्दगीको ८० औँ बसन्त पार गरिसकेका व्यक्ति पुष्प खड्कासँग दाँज्दा हुन्छ । नेपालीहरुले बाँच्दै आएको औसत उमेरलाई दाँजेर भन्ने हो भने उनको उमेरलाई कतिपयले ‘डाँडा पारीको घाम’सँग पनि तुलना गर्लान् । तर उनले अझ धेरै बाँच्नु छ र पहिरनु छ दीक्षान्तको ताज । पुष्प यतिबेला जारी त्रिवि स्नातक तह (शिक्षा शास्त्र संकाय) को जारी परीक्षामा सहभागी हुनका लागि काठमाडौको बुढानिलकण्ठस्थित डेराबाट कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (सिनास) मा धाउँदैछन् । यो उमेरमा किन पढाइप्रति मोह जाग्यो त ? भन्ने प्रश्नमा खड्का ठाँटिदै जवाफ दिन्छन्, ”पढाइलाई उमेरले कहिल्यै पनि रोक्दैन, मेरो एउटै इच्छा भनेको बीएड् पास गरेर दीक्षान्तमा गाउन लगाएर सहभागी हुनु हो ।” उनले यति भसिक्दा उनको मुखमा लगाएको मास्क सुर्किएर तल सरिसकेको...

post

नरवानेको भक्तिमा ओलीको राष्ट्रवाद

जनताको भरपर्दो नेतृत्वको रुपमा आशा गरिएको वामपन्थी भनिएको सरकार चरम दुराचार र राष्ट्रघातको खाडलमा जाकिँदै जानु देशको सम्प्रभुता र जनताको स्वाभिमान रक्षाका लागि गम्भीर आपत्तिजनक कुरा बन्न पुगेको छ । दशौँ वर्ष ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको शक्ति र संसदीय सत्ताको खेलमा रमाएको अर्को वामपन्थी समूहबीच अभूतपूर्व एवं अकल्पनीय एकता शुरुकै अवस्थादेखि शंकास्पद बनेकै हो । जे होस् स्थानीय निर्वाचनको समयमा बोलचाल नै बन्दको अवस्थामा रहेको माओवादी र एमाले एकाएक एकीकरणको घोषणा हुनुलाई नै आठौँ आश्चर्यको रुपमा हेरिएको थियो । यद्यपि एकीकृत भएर चुनावमा जानु सुखद् भएपनि यो लामो समयसम्म कायम रहन्छ भन्ने कुरामा समेत शंका थियो । अहिले त्यो यथार्थ बनेर प्रकट हुन त खोजेको होइन ? भन्ने कुराले अनेकौ त्याग र बलिदानी संघर्षमा खारिएर पार्टीबाट बेवास्ता गरिएका कार्यकर्ता र आम जनसमुदाय बेचैन अवस्थामा रहेको पाइन्छ । समृद्धिको आशा राखेर भोट दिएका जनताहरु आज कोभिड–१९ को भयावह आक्रमणमा बेवारिसे बनिरहेका छन् । सरकार छ तर जनताको निमित्त जिम्मेवार छैन...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660