post

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर, निर्वाचनका प्राविधिक पक्षले पार्ने जस्तोसुकै परिणामले पनि प्रदेश एकको आगामी राजनैतिक कार्यदिशालाई भने जबर्जस्त प्रभाव पार्ने आँकलन यहिँबाट गर्न सकिन्छ । पहिचान पक्षधरको माग मुद्दा राजनैतिक छ र यसको पक्षमा सामुदायिक सहमतिको अंश ठूलो छ । यो आलेखमा यति मात्र चर्चा हुने छैन पहिचानको बहु–आयमिक प्रश्नको बारेमा पनि लेखाजोखा गरिनेछ...

post

अबका सडकमा सुरुङमार्ग, अण्डरपास र फ्लाइओभर हुन्छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङ मार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए । ‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा...

post

नयाँ संविधानः आधा गिलास जोगाऔं, आधा गिलास भरौं

डा. बाबुराम भट्टराई   नेपाली इतिहासमा पहिलो पटक जनताले चुनेका प्रतिनिधिबाट बनेको संविधानसभा मार्फत निर्मित संविधानले ८ वर्ष पूरा गरेको छ । यस सन्दर्भमा संविधानसभाबाट संविधान निर्माण गर्नुको ऐतिहासिक महत्व, यो संविधानका आधारभूत तत्व र यसका अपूर्णता र असन्तुष्टिका विषयमा केही समीक्षा र छलफल गर्नु उपयुक्त हुन्छ । सबैभन्दा पहिले नेपालमा संविधानसभाबाट पहिलो पटक संविधान बन्नु आफैंमा एउटा ऐतिहासिक परिघटना हो । विश्व इतिहासमा अहिलेसम्म करिब ५० देशले संविधानसभाबाट संविधान बनाएका छन् । त्यो लोकतान्त्रिक प्रक्रियामा नेपाल सहभागी हुनु आफैंमा एउटा गौरवको विषय हो । यसको महत्वलाई नबुझेर अहिले कतिपय मानिसले त्योभन्दा अगाडि पनि ५–६ वटा संविधान बनेका थिए, यो सातौं भनेर न्यूनीकरण गर्न खोज्छन् जुन सत्य होइन । संविधानसभाबाट संविधान बन्नु भनेको जनतामा निहित सार्वभौमसत्ताको उच्चतम अभ्यास हो र यो लोकतन्त्रको निम्ति कोसेढुंगा । त्यसैले यसको महत्वलाई न्यूनीकरण गरिनुहुँदैन । संविधानसभाः बीपीले सकेनन्, प्रचण्डले चाहेनन् : ऐतिहासिक ढंगले नेपालमा संविधानसभाको विषय २००७ सालको राजनीतिक परिवर्तनपछि नै सुरु भएर पनि...

post

गणतन्त्र दिवस र बलिदानको अर्थ

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी चलाइएको शासन व्यवस्थालाई गणतन्त्र भनिन्छ । नेपालमा गणतन्त्रात्मक व्यवस्था आएको पनि आज जेठ १५ गते १५ वर्ष पुरा भएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत रुपमा अन्त्य गर्दै मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । मुलुकका माओवादीको नेतृत्वमा भएको १० वर्ष लामो जनयुद्ध र तत्कालीन ७ दलीय गठबन्धनको नेतृत्वमा भएको १९ दिने जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त भएको गणतन्त्रले आज १५ वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरिसकेको छ । यति लामो समय वितिसक्दा समेत संक्रमणकालीन न्यायका मुद्दा टुङ्गिएका छैनन् । देशले सोचेजस्तो विकास, निर्माण र समृद्धिले गति लिन सकेको छैन । बढ्दै गएको भष्टाचार अनियमितता र कमिसनले जनता निराश छन् । त्यसैले गणतन्त्र अहिले अलि–अलि विरामी अवस्थामा छ यसलाई उपचार गर्नुपर्ने छ । उपचार गर्न नागरिक समाज, शिक्षक, बुद्धिजीवि कलाकार साहित्यकार पत्रकारलगायत सचेत नागरिकले प्रयन्त जारी राख्नु सबैको दायित्व हो । कुनै...

post

काठमाण्डौ सातमा मानुषी येँमी नै किन ?

केशब अर्याल काठमाडौं । संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले मिडियादेखि चिया पसलसम्म सम्भाव्य उम्मेदवारको चर्चा परिचर्चा सुरु भएको छ । उम्मेदवारको चर्चामा नेतादेखि अभिनेता, संगठितदेखि स्वतन्त्र धेरैथरिका पात्रहरु छन् । दलहरुले भने प्रत्यक्षतर्फ उम्मेदवार टुङ्ग्याई सकेका छैनन । काठमाडौंमा पनि धेरैथरिका उम्मेदवारहरुको चर्चा छ । चर्चाका बीचमै काठमाडौं सातबाट मानुषी येँमी भट्टराई उम्मेदवार बन्ने पनि उत्तिकै चर्चा छ । जुन कुरा मानुषी स्वयंमले पनि स्वीकारेकी छन् । काठमाडौं सातका मतदाताको चाहना सातमा मानुषी उम्मेदवार बनुन भन्ने आफूहरुले चाहेको स्थानिय मतदाताले बताउँछन । काठमाडौं सातका मतदाताले पनि मानुषी येँमी काठमाडौं सातबाट उठ्दा उपयुक्त हुने बताईरहेका छन् । मतदाता भन्छन् मानुषी यमि उठ्दा राम्रो हुन्छ , किनकी उनले काठमाडौंको नेवारी सस्कृतिसँगै गैरनेवार संस्कृति बुझ्ने क्षमता राख्दछिन् । युवा र पाका दुवैको मनोविज्ञान बुझ्न सक्छिन । देश विदेश बुझेकी छन् । उनको प्रतिनिधित्वले महिला र युवा दुवैको प्रतिनिधित्व...

post

समाजको यर्थाथ बोकेको गीतलाई विवादित किन बनाउनु ?

  चार दिन पहिले युट्युबमा कलाकार प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ सार्वजनिक गरे । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै गीत विवादित हुन पुग्यो । गीतका बारेमा पक्ष र विपक्षमा आएका थुप्रै तर्कहरुले मानिसको ध्यानलाई केन्द्रित गरायो र गीतमा लाखौँको संख्यामा भियुज समेत आयो र आइरहेकै पनि छ । हुन त हरेक मानिसको सोच फरक हुने गर्दछ । उदाहरणका लागि कोही व्यक्तिले गुलाफको बोटमा भएको काँडा मात्र देख्छ भने कोहीले काँडाबिचको फूलको सुन्दरता । यसैगरी प्रकाश सपुतद्वारा रचिएको गीत पनि त्यसकै एक उदाहरण हो । कोहीलाई केही कारणबस उक्त रचना मन नपर्न सक्छ भने कोहीलाई उक्त रचनाले आफ्नो भाव बोलेको झैँ भान भइरहेको हुन सक्छ । मेरो विचारमा चाहिँ गीतलाई विवादित बनाउनपर्ने कुनै पनि कारण छैन । गीतले समाजको यथार्थ बोकेको छ । गीतद्वारा जनयुद्ध कालमा परिवर्तन खोज्नका लागि बन्दुक बोकेर हिँडेका ती महान् लडाकुहरुलाई सम्बोधन गरिएको छ भने देशमा जे काम गर्दापनि आम्दानी नभएर परदेश तर्फ लाग्नुपरेको बाध्यता...

post

हराएको दृष्टि, मन लोभ्याउने स्वर र समाजको यथार्थ

म कलेजको विद्यार्थी । कलेज पढ्नका लागि भक्तपुरदेखि काठमाडौंको यात्रा दिनकै तय गर्छु । बाटो एउटै भएतापनि मैले हरेक दिनको यात्रामा केही नयाँकुरा देख्ने अवसर प्राप्त गर्छु । बाटोमा थुप्रै किसिमका मानिसहरु भेटिन्छन् । ती मध्य म बाटोमा गीत गाएर केही पैसा कमाउने आसमा बसेका ती निर्दोष व्यक्तिहरुलाई पनि देख्छु । उनीहरुलाई देख्नु कुनै नौलो विषय हामी कसैका लागि होइन, यो त हामी सबै पैदलयात्रीले दैनिक देख्ने कुरा हो । बाटोमा गीत गाएर बस्ने मानिसहरु प्राय दृष्टिहिन भएका भेटिन्छन् । उनीहरुले आफ्नो मनदेखि गाएर बाटो हिँड्ने मानिसहरुलाई सुनाउछन्, केही पैसा जुटाउनका लागि । एक त अस्तव्यस्त रहने काठमाडांैका हरेक सडक र त्यहाँ हुने मानिसको भिडका बीच ती व्यक्तिहरु आफ्नो परिवार पाल्नका लागि आफ्नो कला प्रस्तुत गर्ने गर्दछन् । तर के त्यहाँ कलाको सम्मान हुन्छ त ? यस प्रश्नले मलाई सोचमग्न बनायो । मेरो विचारमा हुँदैन । हामी मध्य कतिपयले गीत गाइरहेको व्यक्तिलाई पैसा नदिई हिँड्ने गर्छौँ । बाँकी जसले पैसा...

post

‘हाम्रो लागि छोराहरु यिनै हुन्’ भनेको के हो ?

पहिले निकै धेरै हुने लैङ्गिक भेदभाव नेपालमा हाल भने तुलनात्मक रुपमा कम देखिन्छ । तर अझै पनि मानिसहरु केही कुरामा चुकिरहेका छन् । हुन त अहिले केटीहरुलाई पनि विद्यालय पठाउने गरिन्छ । उनीहरुले पनि खुल्ला रुपमा विद्यालय गएर शिक्षा आर्जन गर्न पाउँछन् । पहिले छोरो पाउने आशामा लगातार ५-७ वटा छोरी जन्माउने मानिस पनि धेरै भेटिन्थे तर अहिले भने अवस्था अलिकति फरक छ । अहिले मानिसहरु जुन लिङ्गको सन्तान जन्मेपनि खुसी हुने गरेका छन् । तर मलाई अचम्म लागेको कुरा चाहिँ के हो भने, लिङ्ग अनुसारको कामको बाँडफाँड गरिँदै आएको चल्ती । केटाहरुले घरको काम गरे भने महिला जस्तै हुने रे, केटीहरुले साहसी काम गरे पुरुष जस्तै हुने रे । कुनै परिवारको सन्तानमा छोरी छोरी मात्र छन् भने छोरा पनि यहि रे छोरी पनि यही रे । हुन त समाज रुपान्तरणको बाटो तर्फ लम्किरहेको छ तर यी स-साना कुराले गर्दा भेदभावको अन्त्य चाहिँ पक्कै हुँदैन । हाम्रो समाजले महिलाहरुलाई भाडा...

post

जुन् जितले नेपालीहरुको मुहारमा ल्याएको मुस्कान र खुसीको आँसु

असोज १९, काठमाडौं । नेपालले गएराति (सोमबार) साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँग खेलेको खेलमा ३-२ गोल अन्तरले विजयी भयो । यो नेपालको दोस्रो लगातार जित हो । म पनि यस खेलका लागि निकै नै उत्साहित थिए । तर नेपालमा यस खेलको प्रत्यक्ष प्रसारण नहुने कुराले नराम्रो पक्कै लागिरहेको थियो । तर साँझमा खबर आयो नेपालमा पनि प्रत्यक्ष प्रसारण हुन्छ भनेर, म निकै उत्साहित भए । खेल ९ः४५ देखि सुरु भयो, सुरुको १० मिनेट श्रीलंकाल. आफ्नो दबदबा कायम राख्यो । खेलको ८ औँ मिनेटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पहेँलो कार्ड दिईयो । तर जब समय बित्दै गयो नेपालले आफ्नो खेल देखाउँदै गयो । खेलको तिसौँ मिनेटमा नेपालका सुमन लामाले गोल गर्न सफल भए । यस गोलपछि नेपाली बेन्चलाईनमा देखिएको जुन खुसी थियो, त्यस खुसीलाई हामीले वणर्न गर्न पनि सक्दैनौँ । जुन तरिकाले नेपाली कोचले नेपालले गरेको गोलको सेलिब्रेशन गरेका थिए त्यसबाट हामीले आँकलन गर्न सक्छम् उनले गरेको प्रयास कति सम्मान योग्य छ...

post

सबै रंगशाला अलपत्र अवस्थामा, कुन रंगशाला बन्ला त्रि.वि मैदानको व्याथा बुझ्ने विकल्प ?

असोज १३, काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय क्रिकेट मैदान जसले वर्षौ देखि नेपालका राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरु आयोजना गर्दै आएको त्रि.वि क्रिकेट मैदानले हाल ईपिएलको चौथो संस्करणका खेलहरु आयोजना गरिरहेको छ तर विगतका २–३ दिन वर्षाका कारणले मैदानको कम्जोर ड्रेनेज प्रणालीले गर्दा खेलहरु हुन सकिरहेको छैन । यस्तोमा न त यो मैदानको कुनै विकल्प छ न त आउटफिल्डमा जमेको पानी राम्ररी सोस्ने उच्चतम प्रविधि । खेलहरु खेल्न पाइएला कि भनेर बसिरेहेका देशी तथा विदेशी खेलाडीहरु भने आसै मात्र गरेर बसेका छन् । हुन त नेपालमा क्रिकेट रंगशालाको निर्माण नगरिएको पनि होइन तर निर्माण थालनी भएको केही समय पछि सबै रंगशालाहरुको काम अलपत्र परेका छन् । काठमाडौंको मूलपानीमा सन् २००७ देखि निर्माण थालिएको मूलपानी क्रिकेट रंगशालाको हालसम्म उल्लेखनिय प्रगति भएको देख्न पाइएको छैन । र अझै पनि काम अलपत्र परेको हुँदा कहिले यो रंगशाला बन्ने हो भन्नको टुंगो समेत छैन । एउटा रंगशाला निर्माण थालिएको १४ वर्ष सम्म पनि निर्माण कार्य...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660