post

बुद्धचित्तको बोट काटेर घर अगाडि बम फेला

काभ्रे, ३० चैत । काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेको फेला परेको छ । शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट काटिएको र अज्ञात समूहले घरको बाहिर बम राखेको फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५÷२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।  

post

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशाबाटै गइरहेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको अनुसार यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

post

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान नै प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भए भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका थिए । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।  

post

सहिदहरुको सम्मान हुन नसकेको सभापति देउवाको भनाई

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरणका क्रममा सभापति देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभापति देउवाले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पनि पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।    

post

कर्णालीका मुख्यमन्त्रीले लिए शपथ

काठमाडौँ, २८ चैत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

एमाले अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ

काठमाडौं, १४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभको कसुरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको र हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

post

एमाले कास्कीमा खगराज समूहको प्यानल नै निर्वाचित

कास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री सहित खगराज समूहको प्यानलनै विजयी भएका छन् । अध्यक्षामा क्षेत्रीका निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे । उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।  

post

उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१÷८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए । बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने दुृष्टिकोणलाई पछाडि धकेल्दै चुनौतिभित्रको अवसरलाई समातेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ,’अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत...

post

महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले उनलाई अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका महरालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । सोही कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।

post

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए । महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएकाे थियाे । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो ।  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660