post

उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१÷८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए । बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने दुृष्टिकोणलाई पछाडि धकेल्दै चुनौतिभित्रको अवसरलाई समातेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ,’अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत...

post

महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले उनलाई अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका महरालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । सोही कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।

post

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए । महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएकाे थियाे । इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो ।  

post

बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते

बागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । गाडीमा ३२ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएकाे छ । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

post

उदयपुर जीप दुर्घटना : मृतककाे संख्या आठ पुग्याे

काठमडौं, १ चैत । धरानबाट भोजपुर घोरेटारका लागि हिँडेको यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु आठ जनाको मृत्यु भएको छ । को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । ६ महिनो शिशुसहित घटनास्थलमा सातजनाको मृत्यु भएको र अर्का एक जनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको...

post

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

काठमाडौं, १ चैत । रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका उनीहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । ‘‘यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । योसँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २१ पुगेको छ । परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको...

post

प्रधानमन्त्री प्रचण्डले पाए फेरि विश्वासको मत

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा भएको मतदानका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभामा उपस्थित २ सय ६८ मध्ये प्रधानमन्त्रीको विश्वासको पक्षमा १५७ मत, विपक्षमा ११० मत परेको थियो । एक मत दिन्न भन्नेमा परेको थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । सभामुख घिमिरेले प्रधानमन्त्रीको पक्षमा परेको विश्वासको मत तत्काल सदनमा कायम संख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० र एकीकृत समाजवादीको नयाँ समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले...

post

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सकाे निःशुल्क टिकट

काठमाडौं, २८ फागुन । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट पलब्ध गराउने भएको हो । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो । निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।  

post

कान्तिपथ ४५ दिन बन्द हुने

ललितपुर, २८ फागुन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ । सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म सो मार्ग बन्द लागिएको योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने सो अवधिमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई भने सञ्चालन गर्न दिइने उनले बताए । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौंडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन सकेको छैन । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिपथको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि(टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन...

post

बस दुर्घटना : सात जनाको मृत्यु, ३० जना घाइते

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । बस बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660