post

देशलाई तिम्रो खाँचो छ

          सिङ्गै मरुभूमि भिजाएर तिमीले पसिनाको खेती गरेका रहेछौ उता देशमा बागमती सुकिसकेको छ कणर्ाली दुखेसो कराउँछ एकोहोरो । प्रिय परदेशी यता तिम्रो पसिनाको उमेर बगिरहेको छ उता आमाको आँसुले पटुकी भिजिरहेको छ । छ न त उता देशमा पनि छ सरकार कहिले कालो आउँछ कहिले गोरो आउँछ कहिले रेल भन्छ कहिले एयरपोर्ट भन्छ कहिले पानी भन्छ कहिले एमसिसिको रटान लगाउँछ तर साहिलीको सिउँदो बुझ्दैन परदेशिएको पसिना फर्काउँछु भन्दैन बाँझो खेत बनाउँछु भन्दैन । प्रिय परदेशी खोकिलाबाट रातभर आएको आवाज तिम्रा सपनाहरू लेखिएका लामा गफका हरफहरू प्रेमले सुम्सुमाएर हरेकरात सिरानीमुनि राखेको मायालुको तस्विर आमाको न्यायो घर बनाउने सपना बालबचेराहरूका लागि स्कुले अक्षर किन्ने सङ्कल्प यी सबै धिमा गतिमा हिड्ने उँटको डोबहरूमा देख्छु सेकेण्डमा सयौँ तला पार गर्ने लिफ्टहरूमा देख्छु । तिमीले यति सिङ्गारेका रहेछौ तिमीले यति बनाएका रहेछौ उता देश तिमीले जस्तो छोडेका थियौ त्यस्तै छ । अगुवाहरू झुक्याउँछन् मात्र केही गर्दैनन् । प्रिय परदेशी अब...

post

किरण मोक्तानको ‘सेतै फुल्यो सिरु फूल, छेउमै कञ्चन खोला’ सार्वजनिक

कार्तिक २६, काठमाडौं । गीतकार किरण मोक्तानले रचना गर्नुभएको ‘सेतै फुल्यो सिरु फुल, छेउमै कञ्चन खोला सार्वजनिक भएको छ । फिल्मशाला टिभीले निर्माण गरेको म्युजिक भिडियोको फिल्मशाला टिभीको सभाकक्षमा आयोजित एक समारोहका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पूर्व सांसद, कोरियाका लागि पूर्व नेपाली राजदूत एवं बरिष्ठ साहित्यकार कमल कोइरालाले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कोइरालाले म्युजिक भिडियो सार्वजनिक गर्दै नेपाली गीत संगीतको क्षेत्रमा मोक्तानको सिर्जनाले एउटा इट्टा थपेको बताउनु भयो । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार रमेशबाबु श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश समिति सदस्यहरु श्यामकृष्ण श्रेष्ठ, दुर्गा घिमिरे, रामेछाप जिल्ला कमिटि सचिव लालसिं घिसिङ, उपसचिव गणेशबाबु खड्का, सरिता खाती, नेकपा एसका सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बासुदेव घिमिरे, नेकपा एस शंखरापूरका नगर अध्यक्ष श्यामकुमार लामा, खाडाँदेवी गाउँपालिका वडा नं. ६ माकादुमका अध्यक्ष पुस्कर कार्की, कानुन व्यवसायी यम भट्टराई, समाजसेवी कुमार थोकर, पत्रकार...

post

लता केसीको लघुकथा ‘पुरस्कार’

  ऊ जिद्धीवाल थियो भन्ने कुरा सबैलाई थाहा थियो । आफ्नो विचार मात्रै सही हो भन्ने मान्यता राख्थ्यो । तर्कवितर्कमा कहिले कसैसंग हार्न चाहादैनथ्यो ।आफ्नो विचार अरूमाथि थोपार्न खोज्थ्यो । स्वभावकै कारणले ऊ धेरैबाट अलग्गिएको थियो । उसको घरबाट अलि पर चौतारा थियो । सधैझैँ ऊ गफ्फिन पुग्यो । उसका केही सहृदयी मित्रहरू पनि आए । एउटाले असन्तोषको भाव पोख्दै भन्यो , ञञ दाइ तपाईँलाई मानिसहरूले घमण्डी किन भनेका ?झझ उसले तर्क राख्यो ,ञञ मेरो विद्वताप्रति जलेर हो नि ! अर्कोले थप्यो ,ञञ त्यो मान्छेबाट परै बस्नू झझ भनेर किन भनेका होलान् , फेरि ? उसले हाँस्दै भन्यो , ञञ मान्छेको स्वभाव हो , भाइ ! सामान्य लिनु पर्छ । झझ कुराकानी जम्दै थियो । दुई जना भाइहरू थपिए । उनीहरूले सबैको कानमा खुसुरफुसुर गरे । अनि मिलोमतोमा सबैजना जिन्दावादको नारा लाउन थाले ,ञञ हाम्रो दाइ , जिन्दावाद , जिन्दावाद ! समाजसेवी दाइ , जिन्दावाद ! एउटा भाइले खित्का छाड्दै...

post

ईन्दिरा ढकालका मनछुने मुक्तक

          मुक्तक १ः गलेर ढल्यो,आशाको त्यान्द्रो मायाको सानो बोट! गोलिले हान्दा के दुख्थ्यो मन वचन मै रहेछ खोट! लेखेको रहेछ मिल्ने यो भाग्यमा नहुनी देखेको ; धनिलाइ रैछ माया र प्रेम दुखिलाइ चोटै चोट! मुक्तक २ः तिमी छौ र पो ढुकढुकि चल्दै छ अचेल! ढलेको वृक्षमा पनि फल फल्दै छ अचेल!! समाजको पट्टि भित्र निसासिँदो मौन जीवन; तिम्रै साहाराले अनगिन्ती चोट छल्दैछ अचेल!! मुक्तक ३ः पोख्न कहाँ सकियो र? मनका सबै हालहरु! सवाल बनि खडा हुँदा चुनौतीका पर्खालहरू! खुकुरीको चोट सहनु अचानोको धर्म सम्झी; टालो हाली खाप्सियोले सिउँदै छु ती प्वालहरू!

post

गाउँ

म गाउँ आएपछि मसँगै आए धेरै बालस्मृतिहरू । त्यो बूढो सिमलको रुख गाउँमा फैलिएको चमेलीको बास्ना कखरा पढेको पाठशाला आँखामा ठोकिएको हिमाल मलाई नै पर्खिरहेका रहेछन् । सहरको उकुसमुकुस अलिकति बौद्धिकताको भ्रम दुईचार कफीगफ कदापी मलाई गाउँ बिर्साउने हतियारहरू भएनन् । मैले गाउँका धेरै स्वादहरू छुटाएछु किञ्चित मलाई सहर प्रिय भएन गाउँको कुलोमा कति पानीहरू बगिसकेछन् कतिपटक घाम खसिसकेछ क्षितिजबाट तर मलाई सहरले बन्दक बनाएर राख्यो यतिञ्जेल । मलाई अङ्ग्रेजी शिक्षाको लोभ देखायो मोटरगाडीको लोभ देखायो कृतिम सुखको लोभ देखायो र घाँटी थिचेर राख्यो । म गाउँबाट कहिल्यै बिमुख भइनँ । आज धेरैपछि आफैँसँग बिद्रोह गरेर गाउँ आएको छु । प्रिय गाउँ मलाई तिम्रो काखमा अलिकति ठाउँ देऊ प्रियजन मलाई मनमा अलिकति ठाउँ दिनोस् । मैले सहरमा गाउँको बदख्वाइँ गरेको छैन मैले गाउँको बुढीऔलाहरू सहरमा बेचेको छैन प्रिय गाउँ म तिम्रै काखमा उदाएँ म तिम्रै आँगनमा प्रकाश छरूँ र तिम्रै काखमा निदाऊँ ।

post

बा !

बा ! म सानो छँदा काँधमा चढाएर अग्लो बनाउनुहन्थ्यो र निकै टाढासम्म हेर्नसक्नु पर्छ भन्नुहुन्थ्यो तपाईंले । तर तपाईंको छातीमा खुट्टा बजार्थेँ म तपाईंको कपाल दुख्ने गरी समाएपछि मात्र तपाईंभन्दा अग्लो भएको घमण्ड हुन्थ्यो मलाई तैपनि मेरो मुहारमा खुसी देखेर तपाईंले टाउकोबाट झर्दै गरेको कपाल अनि छातीको दुखाई कहिल्यै देखाउनुभएन । बा ! कपाल झरेर खुइलिदै गएको तपाईंको तालुमा मेरो जिम्मेवारीको चर्को घामले सधैँ तताइरह्यो, मैले भने सधैँ राप लिईरहेँ । बा ! मलाई थाहा छ म सपनाको सहरमा मस्तसँग निदाइरहेको बेला तपाईं फुङ्ग रङ उडेको उदासी अनुहार लिएर गाउँमा हलो जोत्दै रङ्गिन सपनाहरू बुनिरहनुभएको थियो । तपाईंभन्दा ढिलो बिउँझने घाम आजभोलि मलाई निद्रामै आएर जिस्काउने गर्छ र भनिरहन्छ ओइ मनुवा ! तँलाई बाले काँधमाथि चढाएर देखाएको सपना सुतेर भेटिँदैन निद्रामा देखिँदैन । आँखा मिच्दै सोच्छु अनि प्रत्येक बिहान घाम साक्षी राखेर भन्छु भोलिबाट घामभन्दा चाँडै उठ्ने छु । बा ! यसरी मैले कयौँपटक ढाटेँ हुँला घामसँग तपाईंसँग र आफैँसँग...

post

म आस्तिक

दिनप्रतिदिन भगवानप्रति भावनाहरू मज्जाले डुबुल्की मार्दै छन् । अचेल त भगवान् नैं मेरा सबै थोक हुन् जस्तै लाग्छ । धन्न !! समाजले भगवानप्रतिको आस्थालाई स्वीकार गर्छ ! आज म भगवानसँग घनिष्ट सम्बन्ध राख्न सफल भएकी छु तर अँ हँ ! आमाबाबासँग पटकै मन मिल्दैन ! किन थाहा छ ? कारणहरु थुप्रै छन् । खासमा जीवनमा सबैको बोज भएजस्तै लाग्दैछ, मलाई । खासमा आफू जिम्मेवारी बोध नभएको अनुभूति हुँदैछ मलाई । खासमा आफूले पतनको मार्गावलोकन गरेझैं लाग्दैछ मलाई । खासमा सुखले मात्तेको आभास हुँदै छ मलाई । खासमा आफू लक्ष्यहिन भएको आवाज आउँदैछ मलाई । खासमा मेरा ती अनगिन्ति र ठूला सपनाहरु अपूरा रहलान् भन्ने डर लाग्दैछ मलाई । यी सारा खास कुराहरु साँच्चै मेरो जीवनमा खास छन् । यही खास कुराहरु नै कारण हुन् । कारण जसले गर्दा आमाका ती रहस्यमय नैतिक शिक्षालाई म अर्थको अनर्थ बनाएर बुझ्छु । कारण जसले गर्दा बाबाको निश्चल मायालाई सधैँ म अवहेलना, तिरस्कार र...

post

हाम्रो ऐच्छिक सहकारी

हामी सबैको साझा संस्था यो ऐच्छिक सहकारी फलाउँ फूलाउँ सबैले यस्लाई आफ्नै भनि ठानी । सहकारी स्थापनाको हिसावले एघारौं वर्ष पुगेछ हामीले लिँदा साधारण सभा चौथोमा परेको छ ।१। सबैको लागि एक र एकका लागि हुने सबैको मान्यता राखौं यसैमा सबले, नहोस् विमति कसैको । संस्थाको सञ्चालक समितिमा भरत हुन् अध्यक्ष उपाध्यक्ष डम्वर गौतम अनि झम्क कोषाध्यक्ष ।२। सचिवमा युवा कृष्ण गौतम, मनिष र शिवराज सञ्चालक समितिका पदाधिकारी भन्नैपर्यो आज । लेखा समितिको संयोजकमा भगवती मेडम बाहिरबाट सर–सहयोग भैरा देखिन्छ हर्दम ।३। सञ्चालक समिति भन्दा कर्मचारीको छ महत्व दैनिक रुपमा चलाउने कै हुन्छ बढि नै अपनत्व । संस्थाको व्यवस्थापकमा केशव गौतम सर अन्य स्टाफ र कर्मचारीमा परेको देखिन्छ भर ।४। हरेक संघ संस्थामा रकमलाई नै पारदर्शिता गराईकन चलाउँदा हँुदैन नि विमति अन्यथा । रकमैको लागि लडाई विश्व ईतिहासमा देखिन्छ हिसाब किताब प्रष्ट हँुदा नै संघसस्था फस्टाउँछ । यस्तो कार्य गर्नलाई सधैं टिम चाहिन्छ गतिलो केशव सरको टिम यहाँ पक्कै देखिन्छ...

post

निकास देउ

देख्नमा सग्लै देखिएला तर आँखा चिम्लिएपछि बहिरो भनि कसरी भन्नु ? दुवै कान थुनिदिएपछि । कसरी बौद्धिक अपाङ्ख भन्नु मैले बोल्दा बा बा गरिदिएपछि सिद्धान्तको के कुरा ? सबले बाहिरी भर परिदिएपछि ।। अस्तित्व मेटियो यहाँ कस्तो देशमा जन्म लियौं अब त केही हुन्छ भन्ने थियो त्यो सब खरानी पा¥यौ । दुई तिहाईको नजिकै पुग्दा कति मात लाग्यो हैं त्यही गति देखिनलाई दशौ वर्षले नि नपुग्ला हैं ।। शाषक वर्ग किन यस्ता पाँच वर्षलाई कुर्न नसक्ने आफैं मात्रै कुर्सीमा गई मोजमज्जाले मस्ती गर्ने । आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरूले सुन जनताको सियोसम्म नलिने सिद्धान्तलाई गुन ।। यत्रो देशमा कोरोनाले भो थिलथिलो अर्थतन्त्र प्रजातन्त्रदेखि भोग्दै गयौं नाम मात्रको गणतन्त्र । समानता के छ र यहाँ ? जनताको सार्वभौमसत्ता वडाको सदस्यदेखि राष्ट्रपतिसम्म खाने भत्ता ।। जनताको करले तिमीहरुलाई पोल्ला है कहिले ? कुर्सी मात्रै प्यारो लाग्ने मर्दा चैं के लान्छौं तिमीले ? स्वीजरल्याण्डदेखि देखेका छौ सबको भो विकाश देउ न हो जनतालाई खोपदेखि...

post

कोरोनाको दोस्रो लहर

आयो फेरि हाम्रो देशमा कोरोनाको दोश्रो लहर लकडाउन गरि ठप्प पार्ने कसलाई थियो र रहर ? दुई साल अघि देखि नै देखियो कोरोना भाइरस चीन हँुदै विश्वभरि फैलियो महामारी भाइरस । यसपाली त झनै यसले लियो धेरै विभिन्न रुप कति छट्पटाउँदै बिते अनेक खाले लियो प्रारूप सबैजना घरमै बस्दा शुरुमा त जसलाई पनि बच्चाहरू सधैंभरि एकैठाउँमा थेग्न नसक्ने । स्कूल कता कलेज कता सबैजना एकैठाउँमा थुप्रिएर बस्दाबस्दै कहिले खुल्छ भनि दोधारमा अहिले शुरुमा बाँकेदेखि भएकोथ्यो लकडाउन त्यसको लगत्तै भ्यालीभित्र थेग्न नस्कने भयो झन । दिनमा नौ हजारको हाराहारीमा भै संक्रमण दुई सय भन्दा माथि नै बितिरहेको सुन्दा झन जसरी नै मनलाई बुझाईकन बस्नु विकल्प छैन कुनै उपाय स्वास्थ्य नियमको गरौं संकल्प । यस महामारीमा घरमै बसिकन पर्ने बिताउँने अब चैं कम होसन् हे भगवान ! कतिन्जेल सताउँने ? बिहानदेखि बेलुकासम्म एकनाशसँग बस्दा कतिन्जेलसम्म के खाने सबको हालत सुनि रहँदा । बैंकको कर्जा लगायत सबैथोक छन् जिउका तिउँ जोहो गरेको अब...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660