post

सिर्जनशील इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा चौलागाई निर्वाचित

कार्तिक २९, काठमाडौं । सिर्जनशील इन्भेष्टमेन्ट प्रा.लि.को अध्यक्षमा यज्ञप्रसाद चौलागाई (राम) अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानी काठमाडौंस्थित धुम्बाराहीमा आज आयोजित संस्थाको चौथो साधारणसभाबाट चौलागाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । यसअघि पनि चौलागाई नै अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी साधारणसभाबाट चार जना सदस्यहरु समेत कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा देवलाल तिमल्सिना, युवराज चौलागाई, अच्युत गौतम र रामचन्द्र चौलागाई रहनुभएको छ । आजै भएको चौथो साधारणसभाको उद्घाटन कम्पनीका जेष्ठ सदस्य एवं कम्पनीका सल्लाहकार ठाकुरप्रसाद गौतम र कम्पनीका अध्यक्ष यज्ञप्रसाद चौलागाईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वक्ताहरुले कम्पनीले छोटो समयमा कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न सफल भएको बताएका छन् । राष्ट्रियगान गाएर सुरु गरिएको साधारणसभामा स्वागत मन्तव्य कार्यसमितिका सदस्य रतिराम गौतमले राख्नुभएको थियो । सो अवसरमा उहाँले आफ्नो धारणा राख्दै कम्पनीले छोटो समयमा जे जति प्रगति ग¥यो त्यो प्रगति सबै सदस्यहरुका निम्ति खुशीको कुरा रहेको बताउनु भयो । त्यसैगरी कम्पनीकै सल्लाहकार सदस्य...

post

नेपालको शिक्षाप्रणाली प्रविधिमैत्री हुनुपर्छ

शरण चौलागाई, प्रिन्सिपल शंकर नेशनल इङ्लिस सेकेन्डरी स्कुल, सूर्यविनायक न.पा.–४, दधिकोट भक्तपुर जेठ १७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मानिसहरु घरभित्रै थुनिएका छन् । नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) भएसँगै मानिसहरु घरभित्र थुनिएका छन् । उद्योगधन्दा, कलकारखाना मात्रै होइन, शैक्षिक संस्थासमेत बन्द रहेका छन् । लाखौलाख विद्यार्थीहरु अहिले घरभित्रै थुनिएर बस्नु परेको छ । विद्यालय तहमा महत्वपूर्ण मानिने कक्षा १० मा लिइने एसईई तथा कक्षा ११ र १२ को परीक्षा समेत स्थगित भइरहेको छ । तोकिएको समयमा परीक्षा हुन नसक्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर समेत पर्न थालेको छ । परीक्षा कहिले हुन्छ ? हुन्छ कि हुँदैन ? भइहाले कहिले हुन्छ भन्ने कौतुहल आम विद्यार्थीहरुमा परिरहेको छ । यसको ठोस जवाफ अहिले सरकारले समेत दिन सकिरहेको छैन । केही समय अगाडिदेखि लकडाउनकै समयमा विद्यार्थीहरुलाई अनलाइनबाटै भएपनि पठनपाठनलाई अगाडि बढाउने उद्देश्यका साथ निजी तथा सरकारी विद्यालयका तर्फबाट पहलकदमी समेत हुँदै आइरहेको छ । लकडाउन जारी रहेकै बेला...

post

आमाबारे विजया ढुंगेलको कविता

post

मान्छे रहिछौं दामी

post

देवेन्द्र पौडेलको उदघोष कालापानि र लिपियाधुरा नेपालको हो

post

प्रगतिशील बन्दै र्याप गीत, कलाकार राजिब बुढाथोकीले गरे नयाँ अभ्यास

काठमाडौं । पछिल्लोसमय युवा पुस्तामा लोकप्रिय बन्दै गइरहेको र्याप गीतमा नयाँ आयाम थपिएको छ । नेपालमा झन्डै दुई दशक पहिले भित्रिएको र्याप गीतलाई युवा गायक यम बुद्धले प्रोफेशनल हिसाबले स्थापित गराएका थिए । यम बुद्धले गाउँदा नेपालमा त्यसलाई त्यति धेरैले मन पराएका पनि थिएनन् । एक दशक जति उनले यो क्षेत्रमा सकेको योगदान दिए । उनको फलो गर्ने र छिटो स्थापित हुन खोज्नेहरुले र्यापलाई पुरै छाडा बनाउदै गइरहेको भनेर चौतर्फी आलोचना भइरहेको छ । नेपालका युवा पुस्ताले रुचाउँन थालिसकेको र कलाको एउटा बिधाकैरुपमा स्थापित भइसकेको हुनाले यसलाई कसरी ब्यबस्थित गर्ने र नागरिकका दैनिक जीवनमा मेल खाने बनाउन भाषा, सब्द चयन र शैली कसरी समाजलाई पच्ने बनाउने भन्ने चिन्ता कलाकारहरुले गरिरहेका बेला नव गायक एबम् सर्जक राजिब बुढाथोकीले त्यसमा नयाँ आयाम दिएका छन् । पुर्बी नेपालको भोजपुरका स्थायी वासिन्दा बुढाथोकीले भर्खरै माध्यमिक तहको पढाइ सकेर फुर्सदको समय सदुपयोग गर्दै बजारमा प्रगतिशील खालको र्याप गीत रिलिज गरेका छन् । बुढाथोकीले “मेरो देश”...

post

ओली सरकारविरुद्ध आयो यस्तो कडा गीत, निदायो सिंहदरवार जनता भाछन हाहाकार

काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सरकार चौतर्फी रुपमा असफल बन्दै गइरहेको छ । सडकमा सरकारका विरुद्धमा चर्का नारा लागिरहेको छ । एकातिर सडकमा जनता सरकारको बिरुद्ध आन्दोलनमा छन् भने अर्को तिर पत्रकार कलाकार पनि देशभर आन्दोलन नै गरिरहेका छन् । यही समयममा सरकारविरुद्ध अर्को गीत बजारमा आएको छ । यसअघि सरकारविरुद्धमा आएको गीत नै प्रतिबन्ध लगाएको सरकारले यस पटक भने प्रतिबन्ध नै लगाउने हिम्मत भने गर्न सकेको छैन । साहित्यकार तथा पत्रकार गिरिजा अधिकारले रचना गरेको ‘ए सरकार–२’ हालै बजारमा आएको छ । गायक देवेन्द्र कार्कीले स्वर दिएको गीतले वर्तमान सरकारले जनतालाई बिचल्ली पारेको यथार्थ चित्रण गरेको छ । भिमफेदी गाईजले तयार पारेको म्यूजिक भिडियोमा संघीय लोकतान्त्रिक राज्यसत्ताका कारण जनताले भोग्नु परेको पीडा, अभिभावक विहिनता, बेरोजगारी, तस्करी, ठगी र अभावलाई कथामा जीवन्त उतारिएको छ । जनताको दैनिकीसँग जोडेर तयार गरिएको म्यूजिक भिडियोमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको गीतकार गिरिजा अधिकारीले बताए । उनले भने, ‘सरकारले जनताप्रतिको...

post

बजारमा आयो नेपाल आइडल रबि ओडको अर्को गीत “दुइ कौडीको बुद्धी”

काठमाडौँ । दोश्रो नेपाल आइडल रबि ओडले गाएको गीत “दुइ कौडीको बुद्धी” शुक्रबार बजारमा आएको छ । रविलाई गायिका मेलिना राइले साथ दिएकि छन् । नाम चलेकी गायिका राईसंगै गाएका रबि ओडको गीत यूट्युबमा अपलोड भएको २ घन्टामै हिट भएको छ । यो समाचार तयार पार्ने बेलासम्म यो गीत ५० हजार भन्दा बढीले हेरिसकेका छन् । नेपाल आइडल सिजन २ बिजेता रबि ओडको “दुई कौडीको बुद्धी” बोलको गीत शुक्रबार दिउसो २ बजे मेलिना राईको अफ़िसिएल यूट्युब च्यानलमार्फत सर्बाजनिक भएको हो । उनको पहिलो गीत “मीठो बोलीले” पनि उनका समर्थक, तथा दर्शकहरुले निकै मन पराएका थिए । उक्त गीत यूट्युब ट्रेन्डिङ सूचीमा समेत ५ दिनसम्म रहेकाे थियो । पहिलो गीतमा दर्शकले देखाएको माया र स्नेहका कारण आफुले तत्काल अर्को गीत बजारमा ल्याउने प्रेरणा मिलेको रविले बताएका छन् । मेलिना राई र रबि ओडले गाएको यो गीतमा भिम बिसी र ललित पौडेलको संगित तथा उदयराज पौडेलको एरेञ्ज रहेको छ । यस्तै यो...

post

गायक पोखरेलले ल्याए ‘कति राम्री’ हेर्नुहोस् भिडियोमा

काठमाडौँ । ईश्वर पोखरेल (अविरल) काे नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएकाे छ। उनले अस्ट्रेलियामा नै करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराईकसकेका छन्। दुईवटा सोलो एल्बम ‘शीतल’ र ‘अराइज’ पनि अस्ट्रेलियामा नै सार्वजनिक गरेका थिए। अस्ट्रेलियाबाट सामुहिक गीती एल्बम ‘उडान’ २ वर्षअघि रिजिल गरेका पाेखरेल विदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका छन्। ‘केही गीतहरु (रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोच्छाै होला, कति बज्यो भनेर सोधम कि?) आदि दर्शक स्रोताले मनपराएका हुनाले उनलाई नयाँ एल्बम निकाल्ने रहर जागेको उनी बताउँछन्। उनकाे पछिल्लो गीत ‘कती राम्री’ (सिङ्ल् ट्रयाक) का रचनाकार एकनारायण भण्डारी हुन्। गीतमा संगीत आशिष अबिरलको रहेकाे छ। सुनिल क्षेत्रीको निर्देशनमा यो गीतमा रविन भुजेल र सारा स्रिपालीको अभिनय रहेको उनले बताए। ‘कती राम्री’ गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नो प्रेमिकालाई दाँज्ने काेसिस गरिएको उनले स्पष्ट पारेका छन् । उनले यो म्यूजिक भिडियोलाई पाठक श्रोताहरुले सर्बाधिक रुचाउने आशा पनि...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660