post

कोहलपुर गोल्डकपको अनुगमन

बाँके, १४ कात्तिक । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरी बाँकेका प्रमुख सुवास चन्द्र बोहराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन अनुगमन गरेका हुन् । अनुगमनका क्रममा ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्ने र त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रुपमा सहयोग हुने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेलप्रेमीहरुको बसाई व्यवस्थापन मिलाउन समस्या भएको स्मरण गर्दै यो पटक भने व्यवस्थापनलाई प्रभावकारी बनाउन लागिपरेको बताए । अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु...

post

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं, २५ असोज । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध लागेको बालिका जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज पनि स्थगित बनेको छ । जिल्ला अदालतमा गोला प्रक्रियाकाबाट लामिछानेको मुद्दा स्थगित भएको जनाएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) बाट प्रक्रिया अगाडि बढाई छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । सर्वाेच्चको उक्त आदेश भएको सात महिना वितिसक्दा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

post

महिला भलिबलमा नेपाल भारतसँग पराजित

हान्झाउ, १७ असोज । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङजाओमा बुधबार बिहान नवौं स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित बनेको हो । नेपाल भारतसँग ३–१ सेटले पराजित भएको हो । नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्ना पक्षमा पार्न सफल भयो । त्यस्तै खेलको तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले चौथो भारतलाई सुम्पियो । चौथो तथा अन्तिम सेट भारतले २५–१७ ले आफ्ना पक्षमा पार्‍यो । नेपाल अब हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग ११औं स्थानका लागि खेल्नेछ। एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

post

क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

हान्झाउ, १६ असोज । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सफल बन्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि रवि विश्नोई र अभेष खानले तीन–तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिएका थिए । नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए ।...

post

कुशल मल्लको विश्वकीर्तिमान

असोज १०, काठमाडौं । टी–२० अन्तर्राष्ट्रियमा नेपाली ब्याटर कुशल मल्लले विश्वकीर्तिमान रचेका छन् । सबैभन्दा छिटो शतक प्रहार गरेर मल्लले विश्वकिर्तिमान रचेका हुन् । १९औं एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा बुधबार मंगोलिया विरुद्धको खेलमा मल्लले ३४ बलमा शतक बनाएका हुन् । उनले २९७ को स्ट्राइक रेटमा ३४ बलमा १०१ रन बनाएका हुन् । ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले टी(२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमा शतक बनाएका थिए। मङ्गोलियाले टस जितेर पहिले फील्डिङ रोजेको थियो । मैदानमा गएका नेपाली ब्याटरहरूले २० ओभरमा ३१४ रन बनाए । सो रन पनि टी–ट्वेन्टी खेलमा नयाँ विश्वकीर्तिमान नै हो । पाँचौ ओभरमा ओपनर आशिफ शेख आउट भएपछि कुशल मल्ललाई तेस्रो नम्बरमा पठाइएको थियो ।नेपालका पूर्वकप्तान पारस खड्काले २०१९ मा सिङ्गापुरविरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स विरुद्ध खेल्नेछ । यो समूहमा शीर्षस्थानमा रहन...

post

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनौट

वैशाख १९, काठमाडौं । नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा जित हासिल गरेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा जम्मा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६÷९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमाएर अलआउट भयो । सबै विकेट गुमाएको युएईले जम्मा ११७ रन बनाउन सक्यो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ...

post

फ्रान्सले उपाधिका लागि विश्वकपको फाइलनमा अर्जेन्टिनासँग आइतबार खेल्ने

मंसिर २९, काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी २२ औं विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अर्जेन्टिना ८ वर्षअघि ब्राजिलमा भएको २० औं विश्वकपमा फाइनलमा पुगेको थियो । त्यतिबेला जर्मनीसँग अतिरिक्त समयको २३ मिनेटपछि (११३ मिनेट)मा गोल खाएपछि उपविजेतामै सिमित भएको थियो । यसपटक फाइनल पुगेका दुवै टोली अर्जेन्टिना र फ्रान्सले यसअघि दुई÷दुई पटक विश्वकपको उपाजि जितिसकेका छन् । यसपटक जसले जितेपनि तेस्रो पटक हुनेछ । यो बाहेक यी दुई देशको खेलमा पनि यसपटक उस्तैउस्तै नियति रहेको छ । समूह चरणमा यी दुवै देशले एक÷एक खेल हारेका थिए । उता सेमिफाइनलसम्म आउँदा अपराजित रहेका क्रोएसिया र मोरक्को भने पराजित भएर विश्वकप जित्ने अभियानबाट बाहिर निस्कन बाध्य भए । अब...

post

निरन्तरको मिहिनेतले स्वर्ण पदक जित्न सफल भैयोः श्रेष्ठ

काठमाडौं । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ५ सिमटार घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गरी बिगत सात आठ बर्षदेखी तेक्वान्डो खेलमा क्रियाशील मनोज श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ । श्रेष्ठले मलेसियामा आयोजित मलेसियन ओपन तेक्वान्डो प्रतियोगितामा पुरुष ५८ के जी मुनी तौल समुहमा प्रतिस्पर्धा गर्दै श्रेष्ठले स्वर्ण पदक जित्नु भएको हो । स्वर्ण पदक विजेता श्रेष्ठ सोमबार स्वदेश फर्कनु भयो । सो अबसरमा श्रेष्ठलाई सम्मान गर्न श्रेष्ठका तेक्वान्डो प्रशिक्षक अशोक खड्का, श्रेष्ठका अभिभावक तथा सामाजिक, राजनीतिक अभियन्ता लोकबहादुर श्रेष्ठ समेत परिवारजन, आफन्तजन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानु भएको थियो । सो अबसरमा खेलाडी श्रेष्ठलाई सम्मान गर्दै लोकबहादुर श्रेष्ठले मनोजको जित मनोज आफ्नै र परिवारको मात्रै नभएर सिङगो नेपालको जित भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई हरेक तबरले हौसला दिनु पर्ने बताउदै नेपाली खेलाडीलाई ओलम्पीकमा प्रतिस्पर्धा गर्न सक्ने बताउनु राज्यको दायित्व हुनु पर्नेमा जोड दिनु भयो सो अबसरमा प्रशिक्षक खड्का र खेलाडी श्रेष्ठले कडा मिहिनेतका साथ स्वर्ण पदक...

post

नेपालले टस जित्यो, दियो जिम्बावे ए लाई ब्याटिङको निम्तो

बैशाख २६, काठमाडौं । नेपाल र जिम्बावेविचको तेस्रो एकदिवसिय खेलमा नेपालले टस जितेर जिम्बावे ए लाई पहिला ब्याटिङको निम्तो दिएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर महतोको स्थानमा बसिर अहम्मद र किशोर महतोले मौका पाएका छन् । गएरातिको वर्षाको कारण मैदान तयार नभएको कारण बिहान पुर्वनिर्धारित समयमा टस हुन सकेको थिएन् भने अब खेल ३३ ओभरको हुनेछ ।  

post

एकदिवसीय र टी–२० शृङ्खला खेल्न जिम्बावे ‘ए’ टोली नेपाल आउँदै

  बैशाख २, काठमाडौँ । नेपालले जिम्बावे ‘ए’ टिमविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्ने भएको छ । जिम्बावेको ‘ए’ क्रिकेट टिम तीनवटा एकदिवसीय र तीन टी–२०को शृङ्खला खेल्न अप्रिल २८ तारिकमा काठमाडौं आइपुग्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरुको तीन वटा एकदिवसीय खेल हुनेछ । अप्रिल ३० तथा मे २ र ४ मा हुनेछन् भने टी–२० खेल मे ६, ७ र ९ मा हुनेछ ।

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660