post

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । वर्षाका कारण मैदानमा कभर ढाकिएको छ भने दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।  

post

एसिसी वुमन्स प्रिमियर कप : हङकङका विरुद्ध नेपाल विजयी

काठमाडौं, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी बनेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्यलाई नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ लिएको थियो । जितका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले चार रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् । नेपाली टोलीमा...

post

एकदिवसीय सिरिजमा नेपाल विजयी

काठमाडौं, २७ माघ । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ​शनिवार भएको खेलमा नेपाल विजयी बनेको हो । क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो । कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०/२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद...

post

सुपर ओभरमा नेपाल ओमनसँग पराजित

काठमाडौं, १९ कात्तिक । विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो । आईसीसी टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नसक्दा नेपाल पराजित भएको हो । काठमाडौंकोमा आइतबार भएको खेलमा ओमनले सुपर ओभरमा नेपाललाई हराउन सफल भएको हो । सुपर ओभरमा ओमनले तीन छक्काको मद्दतले २१ रन बनाएको थियो । ओमनका लागि नसिम खुशीले तीन छक्का प्रहार गरेका थिए । योसँगै ओमनले उपाधि  जित्न सफल बनेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो बलमा कुशल मल्लले रन लिन सकेनन्। तेस्रो बलमा एक रन लिए भने चौथो बलमा गुल्सन झाले पनि...

post

मुख्यमन्त्री कोहलपुर गोल्डकपको सम्पूर्ण तयारी पुरा

कोहलपुर, १५ कात्तिक । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को तयारी पुरा भएको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अस्थाई घुम्ति शौचालय, पिउने पानीको, बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरीएको र प्रत्येक खेलाडि ५ लाखको विमा पनि गरिएको संयोजक मल्लले बताए । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले प्रतियोगिता अवधिभर राष्ट्रिय खेलकुद परिषद्को नियमन अनुसार नै खेल सञ्चालन हुने बताए । खेलका लागि आवश्यक कम्पाण्ड, फिल्ड, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण काम पुरा भएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले बताए । झण्डै ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको र सो ग्राउण्डमा करिब...

post

दोलखाका खेलाडीहरुका लागि पाख्रिनद्वारा अक्षय कोष स्थापना

दोलखा, १५ कात्तिक । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी थिइन । उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन । ‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’ अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन । ०७९ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको...

post

कोहलपुर गोल्डकपको अनुगमन

बाँके, १४ कात्तिक । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरी बाँकेका प्रमुख सुवास चन्द्र बोहराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन अनुगमन गरेका हुन् । अनुगमनका क्रममा ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्ने र त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रुपमा सहयोग हुने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेलप्रेमीहरुको बसाई व्यवस्थापन मिलाउन समस्या भएको स्मरण गर्दै यो पटक भने व्यवस्थापनलाई प्रभावकारी बनाउन लागिपरेको बताए । अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु...

post

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं, २५ असोज । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध लागेको बालिका जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज पनि स्थगित बनेको छ । जिल्ला अदालतमा गोला प्रक्रियाकाबाट लामिछानेको मुद्दा स्थगित भएको जनाएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) बाट प्रक्रिया अगाडि बढाई छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । सर्वाेच्चको उक्त आदेश भएको सात महिना वितिसक्दा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

post

महिला भलिबलमा नेपाल भारतसँग पराजित

हान्झाउ, १७ असोज । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङजाओमा बुधबार बिहान नवौं स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित बनेको हो । नेपाल भारतसँग ३–१ सेटले पराजित भएको हो । नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो । पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्ना पक्षमा पार्न सफल भयो । त्यस्तै खेलको तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले चौथो भारतलाई सुम्पियो । चौथो तथा अन्तिम सेट भारतले २५–१७ ले आफ्ना पक्षमा पार्‍यो । नेपाल अब हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग ११औं स्थानका लागि खेल्नेछ। एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

post

क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

हान्झाउ, १६ असोज । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलको खेलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सफल बन्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि रवि विश्नोई र अभेष खानले तीन–तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिएका थिए । नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए ।...

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660