post

भारतमा पुनः बढ्न थाल्यो कोरोना संक्रमणदर

बैशाख २, काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुनः कोरोना संक्रमणदर बढ्दै गएको छ । यसरी दिनहुँ रुपमा कोरोना संक्रमणदर बढिरहेको हुँदा कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ । भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि निश्चित क्षेत्रमा ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतका स्थानिय सञ्चार माध्यमका अनुसार भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षासमेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् । भारतमा हालसम्म ४ करोड ३० लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५ लाख छ हजार मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाएका...

post

रुससँग चीनको व्यापार १२ प्रतिशतले बढ्यो

  बेइजिङ । रुस-युक्रेन युद्धबीच रुससँगको चीनको समग्र व्यापार अघिल्लो वर्षको तुलनामा मार्चमा १२ प्रतिशतभन्दा बढीले बढेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको बेइजिङले आलोचना गर्दा पनि दुई देशबीच डलरमा भएको व्यापारमा वृद्धि भएको हो । रुससँगको समग्र व्यापार मार्चमा १२.७६ प्रतिशतले बढेर ११.६७ अर्ब डलर पुगेको छ । त्यो अघिल्लो वर्षको पहिलो चौमासिकको भन्दा ३०.४५ प्रतिशतले बढी रहेको चिनियाँ भन्सारको तथ्यांकले देखाएको छ । समग्रमा आयात निर्यात दुवै बढेको छ । रुस चीनका लागि तेल, ग्यास, कोइला र कृषि उपजको मुख्य स्रोत हो । रुसले फेब्रुअरी २४ मा युक्रेनमा सुरु गरेको ‘विशेष सैन्य कारबाही’लाई बेइजिङले ‘आक्रमण’ भन्न अस्वीकार गर्दै आएको छ । बेइजिङले मस्कोलाई सजाय दिन लगाइएका पश्चिमी प्रतिबन्धहरूलाई गैरकानुनी भन्दै बारम्बार आलोचना गरेको छ । युक्रेनमा आक्रमण हुनु केहीअघि चीन र रुसले ‘नो-लिमिट’ रणनीतिक साझेदारीको घोषणा गरेका थिए । गत वर्ष दुई देशबीचको कुल व्यापार ३५.८ प्रतिशतले बढेर १४६.९ अर्ब डलर पुगेको थियो । रुसविरुद्ध प्रतिबन्धहरू...

post

ओस्कार अवार्डमा अभिनेताले प्रस्तोतालाई थप्पड हानेकोमा मागे माफी

चैत्र १५, काठमाडौं । हलिउड अभिनेता विल स्मिथले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति माफी मागेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई थप्पड हानेका थिए । ओस्कार समारोहमा आफूले थप्पड हानेका प्रस्तोता क्रिस रकसँग उनले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । उनले माफी माग्दै, ‘ क्रिस, म सार्वजनिक रुपमा तिमीसँग भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैले गरेको कार्य मैले बन्न चाहेको मान्छेको सूचक थिएन । प्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन’ लेखेका छन् । यसरी उनले हिंसा सबै रुपमा विषाक्त र विनाशकारी रहेको समेत उल्लेख गरेका छन् ।  

post

देशको अस्तित्वको खतरा भएमा आणविक हतियार प्रयोग गर्न सकिन्छः रुस

चैत्र ९, काठमाडौं । रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनसँग युद्ध चलिरहेको र अस्थित्वको खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिएका हुन् । सीएनएन इन्टरनेसनलसँगको एक अन्तवार्तामा उनले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै कारणहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वको खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भनेर सीएनएनद्वारा गरिएको प्रश्नमा पेस्कोभले उक्त उत्तर दिएका हुन् । युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनहरुको त्रास छ । यसअघि पुटिनले राष्ट्रहरू विरुद्ध परमाणु हतियार प्रयोग गर्ने संकेत दिएका थिए । एजेन्सी

post

रुसी हमलापछि ३५ लाख बढी युक्रेनीले देश छाडे

चैत्र ८, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि युरोपमा दोस्रो विश्वयुद्धपछिकै खराब शरणार्थी संकट देखिएको छ । शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले युक्रेनमाथि भएको रुसी हमलाका कारण ३५ लाखभन्दा बढी मानिसले युक्रेन छाडेको जनाएको छ । यूएनएचसीआरका अनुसार युक्रेनबाट शरणार्थीको रुपमा पोल्याण्ड छिर्नेको संख्या मात्रै २१ लाखभन्दा बढी छ भने रोमानिया प्रवेश गर्ने युक्रेनीहरूको संख्या झण्डै साढे पाँच लाख रहेको छ । यस्तै ३ लाख ६७ हजार ९१३ जना युद्धबाट बच्न मोल्दोभा गएका छन् । हंगेरी, रुस, बेलारुस र स्लोभाकिया पनि युक्रेनी शरणार्थीको आश्रय स्थल बनेको छ । यूएनएचसीआरले रुसमा शरण लिने युक्रेनीहरूको संख्या २ लाख ५२ हजार ३७६ रहेको बताएको छ । राष्ट्रसंघ, गैर(सरकारी संस्था र अन्य सम्बन्धित निकायले मिलेर शरणार्थीलाई आपतकालीन सहायता प्रदान गरिरहेको पनि कार्यालयले जनाएको छ ।

post

चीनमा १३३ जना सवार हवाइजहाज दुर्घटना

चैत्र ७, काठमाडौं । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ । चीनको युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा १३३ जना यात्रु सवार थिए । उक्त जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । यस्तै अधिकारीहरुका अनुसार उद्धार कार्य भइरहेको छ भने घटना बारे विस्तृत जानकारी आउन बाँकी रहको छ ।  

post

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, प्रचण्ड र ओलीसँग पनि भेट्ने

चैत्र ७, काठमाडौं । चीनका विदेश मन्त्री एवम् स्टेट काउन्सेलर वाङ चैत ११ गते नेपाल आउने भएका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वाङको तीनदिने भ्रमणको कार्यक्रम रहेको जनाएको हो । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यतालिका रहेको जनाएको छ । यस्तै वाङ र नेपाली समकक्षी डा नारायण खड्काबिच चैत १२ गते द्विपक्षीय वार्ता हुने बताइएको छ । वाङ चैत १३ गते स्वेदश फर्किनेछन् ।  

post

युक्रेनमाथि योजनाअनुसार नै हमला गरेका हौँः पुटिन

फागुन २०, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । रसियाको सुरक्षा परिषदको एक बैठकमा पुटिनले भने, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’ ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ’ पुटिनले थपे । रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको बताए । गत हप्तादेखि जारी रहेको रुसको हमला बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा जारी नै राखेको छ ।  

post

दक्षिणी बन्दरगाह सहर मारिउपोलमा सयौँ मानिसको ज्यान गएको आशंका

किभ । युक्रेनको दक्षिणी भागमा रहेको पहिलो प्रमुख सहर खेर्सन रुसी फौजको कब्जामा गएको छ । युक्रेनमाथिको रुसी आक्रमण आठौँ दिनमा प्रवेश गरेको छ । युक्रेनका उत्तर, पूर्व र दक्षिण भागका प्रमुख सहरहरूमा रुसी आक्रमण तीव्र हुँदै गइरहेको छ । एकजना प्रत्यक्षदर्शीले खिचेको भिडियोमा राजधानी किभमा बुधबार राति चार शक्तिशाली विस्फोटनका कारण प्रकाशमय भएको देखिन्छ । यता, रुसी र बेलारुसी एथ्लेटहरूलाई हिउँदे पारा ओलम्पिक्समा प्रतिबन्ध लगाइएको छ । संयुक्त राष्ट्रसंघले करिब दश लाख युक्रेनी भागेर छिमेकी मुलुकहरूमा शरण लिन पुगेको जनाएको छ । तीमध्ये पाँच लाख ७५ हजार युक्रेनी भागेर पोल्यान्ड पुगेको बताइएको छ । रुसले युक्रेनमा गरेको सम्भावित युुद्ध अपराधलाई लिएर अन्तर्राष्ट्रिय अदालतले अनुसन्धान सुरु गरेको छ । रुसी फौजद्वारा भएको घण्टौँ लामो आक्रमणपछि दक्षिणी बन्दरगाह सहर मारिउपोलमा सयौँ मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीबाट ।

post

‘युक्रेनमा जारी मुक्ति अभियान किन आवश्यक छ भनेर’ रुसका बालबालिकालाई पढाइने

फागुन १९, काठमाडौं । रुसको शिक्षा मन्त्रालयले युक्रेनमा युद्ध गर्नु पर्नाको कारण एवं आवश्यकताबारे विद्यालयमा पढ्ने बालबालिकालाईे पढाउने घोषणा गरेको छ । भर्चुअल कक्षामार्फत् ‘युक्रेनमा जारी मुक्ति अभियान किन आवश्यक छ भनेर’ मन्त्रालयले रुसभरका विद्यालयमा पढ्ने बालबालिकालाई पढाउने घोषणा गरेको हो । बीबीसीका अनुसार मस्कोको स्थानीय समयानुसार बिहीबार १२ बजे भर्चुअल सिकाइ सुरु हुनेछ । भर्चुअल सिकाइमा सहभागी हुने बालबालिकालाई ‘नेटोका कारण आफ्नो मुलुकसामु देखिएको खतरा’ र ‘जनवादी गणतन्त्र डोनेट्स्क तथा लुहान्सकका सर्वसाधारणको सुरक्षाको पक्षमा रुस उभिनुको कारण’ बारे समेत पढाइने छ । यसबाहेक, शिक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको विज्ञप्तिमा बालबालिकालाई ‘हाल इन्टरनेटमा बाढी जस्तै बनिरहेको सूचना, तस्बिर एवं भिडियोको व्यापक प्रवाहबीच झूठबाट सत्यलाई कसरी छुट्याउने’ भनेरसमेत सिकाइने छ ।

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660