post

पहिरोमा पुरिएर १५ जनाको मृत्यु, दुई बेपत्ता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ ।  

post

नाभाल्नीको शव उनकी आमालाई दिइयो

काठमाडौं, १३ फागुन । रुस सरकारले लोकप्रिय रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको शव उनकी आमालाई दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको एक हप्ताअघि कारागारमै मृत्यु भएपछि नभाल्नीको अन्त्येष्टि गोप्य रुपमा गर्ने सर्तमा शव आमालाई हस्तान्तरण गरिएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ ।  उनकी आमा लुडमिला गत हप्तादेखि नै छोराको शव पाउने प्रतीक्षामा कारागार नजिकै बसेकी थिइन् । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो । नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य ढंगले अन्त्येष्टि नगरेमा शव जेलभित्रै गाड्ने भनिएको थियो । नभाल्नीको फेब्रुअरी १६ मा उत्तरी रुसको कारागारमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर अमेरिकासहित युरोपेली मुलुकले रुसको कडा आलोचना गरिरहेका छन् ।

post

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु

एजेन्सी, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु भएको छ ।  संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्य ५२ जनाकाे ज्यान गएकाे अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। अाक्रमणमा  अन्य ६४ जना घाइते भएको समाचार छ । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका हुन् । सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।  

post

चीनमा शक्तिशाली भूकम्प, सयभन्दा बढीको मृत्यु

एजेन्सी, ३ पौष । चीनको उत्तर–पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढीको ज्यान गएको छ । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । भुकम्पका कारण अन्य दुई सय भन्दा बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमले जनाएको छन् । अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन् । यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका...

post

सूर्यमा ६० वटा पृथ्वी अटाउने प्वाल

एजेन्सी, ३० मंसिर । वैज्ञानिकहरूले सूर्यमा ठूलो प्वाल परेको फेला पारेका छन् । सूर्यको भूमध्य रेखामा बनेको यो प्वाल पृथ्वीजति ठूला ६० पिण्डहरू अट्न सक्ने लाखका छन् । हुनत यो एक अस्थायी प्वाल हो । तर यसको अचानक गठनबाट वैज्ञानिकहरु आश्चर्यचकित र चिन्तित छन् । यो २ डिसेम्बर २०२३ मा पत्ता लागेको थियो तर २४ घण्टाभित्रै यो तिव्र गतिमा फैलिएर ८ लाख किलोमिटर चौडा भएको थियो । यो प्वाललाई कोरोनल होल भनिन्छ। यस प्वालबाट विकिरणको भयानक स्तर बाहिर निस्किरहेको छ। जुन तिब्र गतिमा पृथ्वी तिर आउँदैछ । २४ घन्टासम्म विस्तार भइसकेपछि यो प्वालको दिशा अर्को २४ घण्टामा अर्थात् डिसेम्बर ४ मा पृथ्वीतिर फर्कियो । यसको मतलब यो प्वाल सीधै पृथ्वीतिर हेरिरहेको छ । सूर्यलाई एकै ठाउँमा राख्ने चुम्बकीय क्षेत्र अचानक फुट्दा कोरोनल होलहरू बन्छन् । त्यसैले खाली ठाउँमा गाढा रंगको प्वाल बनाउँछ । अर्थात् सूर्यको सतहमा प्रतिक्रिया गर्ने तातो हिलियम केही समयको लागि त्यो ठाउँबाट टाढा सर्छ। यस प्वालबाट भयानक...

post

इजरायल भिडन्तः उद्धारको पर्खाइमा नेपाली

काठमाडौं, २२ असोज । पछिल्लो तीन दिन यता इजरायल रणभूमि बनेको छ । नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वी मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो। ‘गाजा स्ट्रिप’बाट इजरायलमा १० हजार भन्दा धेरै रकेट प्रहार गरिए । स्थलमार्गबाट इजरायलमा घुसेका विद्रोही समूह हमासका सयौं लडाकुले हत्या र आतंक मच्चाए । रकेट र ठूल्ठूला बम विस्फोटका आवाजले थर्राइरहेको छ । हमला भइरहेको छ। हमासले गरेको त्यो आक्रमणमा सयौं इजरायली नागरिक र सैनिक मारिए । २ हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १० जना नेपाली समेत छन् । एकजना नेपाली हराइरहेका छन् । भिडन्त अहिले पनि सकिएको छैन । अर्बौं डलर बराबरको भौतिक क्षति भइसकेको छ। जनतालाई सुरक्षा सतर्क गराउन इजरायलले साइरन प्रणाली बनाएको छ। कतैबाट बम आक्रमण हुनेबित्तिकै त्यसको प्रभाव पर्न सक्ने क्षेत्रमा ‘साइरन’ बज्छ । घरभित्र रहेकाहरु बंकर (सेल्टर) मा लुक्छन् । बाटोमा हुनेहरू बाटोमै बनाइएको बंकरमा लुक्छन् । हरेक घरमा एउटा बंकर बनेको हुनुपर्ने...

post

चारवर्ष अघिको मुद्दामा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

एजेन्सी, ९ चैत । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो । भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै अदालतले बिहीबार गान्धीलाई सो सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको छ। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए । भाषणका क्रममा गान्धीले मोदीको आलोचना गर्दै ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।  

post

भारतमा बाढीका कारण २४ घण्टामा ६३ जनाले ज्यान गुमाए, जनजीवन प्रभावित

असार २८, एजेन्सी । भारतमा भारी वर्षा भइरहेको छ । अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाले ज्यान गुमाएका छन् । अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ भने भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ । सरकारले बाढी प्रभावित १० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको छ । अन्य आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । त्यसैगरी भारतकै मध्य प्रदेश र कर्नाटकमा पनि अत्यधिक वर्षाका कारण जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

post

सल्मान खान र उनका बुबालाई ज्यान मार्ने धम्कीपूर्ण पत्र

एजेन्सी, जेठ २६ । बलिउड सुपरस्टार सलमान खान र उनका बुबा सलीम खानलाई आएको धम्कीपूर्ण पत्रको विषयमा मुम्बई प्रहरीले आफ्नो कारबाही तिब्र रुपले सुरु गरेको छ । यस विषयमा मुम्बई प्रहरीले अज्ञात व्यक्तिविरुद्ध ज्यान मार्ने धम्कीको मुद्दा दर्ता गरेको छ भने सलमान खान र सलीम खानले धेरैलाई सोधपुछ गर्न थालेका छन् । धम्कीको पत्र पाएको सम्बन्धमा ग्याङ्स्टर लरेन्स बिश्नोईलाई दिल्लीमा सोधपुछ गरिएको छ । अभिनेतालाई धम्की दिने व्यक्तिलाई खोज्न मुम्बई प्रहरीले १० टोली पनि बनाएको छ । सलमान खानले उक्त धम्कीलाई लिएर ठूलो बयान समेत दिएका छन् । सलमान खान र सलीम खानलाई धम्की आएपछि मुम्बई प्रहरी सतर्क भएको छ भने प्रहरीले दुई सयभन्दा बढी सीसीटीभी फुटेज बरामद गरेको छ । यसका साथै प्रहरीले सलमान खानका साथै उनको परिवारको सुरक्षा व्यवस्थालाई थप कडा पारेको छ ।

post

ईलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा टिवटर खरिद गर्ने

बैशाख १३, काठमाडौं । फोर्ब्स म्यागेजिनका अनुसार २ खर्ब ७३ अर्ब डलरसहित विश्वकै धनी व्यक्ति एवम् टेस्ला कम्पनीका प्रमुख ईलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् । बीबीसीले जनाए अनुसार ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति भएको जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहरुले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ । दुई साताअघिमात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका थिए । यस विषयमा ट्विटरले सुरुमा खासै चासो नदेखाएपनि हाल भने मस्कको प्रस्तावमा सहमति जनाएको छ । ‘वाक् स्वतन्त्रता सबल लोकतन्त्रको आधारशीला हो र ट्विटर शहरको डिजिटल चोकजस्तै हो, जहाँ मावन भविष्यका महत्वपूर्ण विषयमा बहस हुन्छ’ सम्झौतापछि मस्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘म नयाँ फिचर र खुला स्रोत अल्गोरिदमका साथ ट्विटरलाई अहिलेसम्मकै सबैभन्दा राम्रो बनाउन चाहन्छु ।’ ईलन मस्कले विज्ञप्तिमा उल्लेख गरेका छन््, ‘ट्विटरमा विशाल सम्भावना छ ।’  

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660