post

मस्तिष्कघात निम्त्याउन सक्ने हुचिङ (अजिनोमोटो) किन अझै हुँदै छ खानामा प्रयोग ?

साधरण भाषामा हुचिङ या अजिनोमोटो भन्ने मन्द विषालु तत्वले गर्दा कुनै पनि खाना निकै टेष्टी बन्ने गर्दछ । खाना स्वादिलो हुनुको कारण हो यसमा प्रयोग हुने रसायन(मोनोसोडियम ग्लुटोमेट) । तर के स्वादको लागि हामी आफ्नो ज्यानको समेत पर्वाह नगर्ने मूर्ख भइसकेका हाँै त ? अजिनोमोटोको सेवनले निम्त्याउने स्वास्थ्य समस्याहरु यस प्रकारले रहेका छन् ः १. टाउको दुख्नु २. चिलाउने ३. शाररिक मास पेशी सुनिने ४. पेटमा जलन हुने ५. मोटेपना ६. माइगे्रन यी सबै समस्याहरुले च्यापेपछि मानिसलाई निकट भविष्यमा मस्तिष्कघात पनि हुन सक्ने सम्भावना हुन्छ । यसले हाम्रो शरिरलाई यतिको हानी पुर्‍याउँछ भन्ने थाहा हुँदा हुँदै ज्यानलाई बाजी राख्नु भन्दा यसको बहिस्कार नै हाम्रो जीवनको निम्ति उत्तम रहनेछ ।

post

राष्ट्रिय फुटबल टोली पोखरामा ट्रेनिङ्ग गर्दै

साउन ३२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली पोखरामा गत हप्ताको बुधबारदेखि ट्रेनिङ्ग गर्दै आइरहेका छन् । हाल नेपाली राष्ट्रिय फुटबल टोली आउदै गरेको साफ च्याम्पियनसिप र एएफसी एसियन कप चाइना क्वालिफायरसको फाइनल राउन्डको तयारी गरिरहेका छन् । प्रकाश बुढाथोकी र एरिक बिष्टले राष्ट्रिय टोलीको क्याम्पमा उपस्थित नहुने हुँदा उनीहरुको सट्टामा शिशिर लेखी, सेसाङ्ग आङ्गदेम्बे र गोलरक्षक बिशाल सुनार हुनेछन् ।   खेलाडीहरुः किरण कुमार लिम्बु, बिशाल श्रेष्ठ, दीप कार्की, बिकेश कुथु,अर्पणर् कार्की, बिशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ्ग, रोहित चन्द, सुरज जीउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ्ग, राजन गुरुङ्ग, पुजन उपरकोटी, बिक्रम लामा, सन्तोष तामाङ्ग, सन्जोग राई, बिशाल राई, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ्ग, सुनिल बल, मनिस डागीँ, जर्ज प्रिन्स कार्की, अन्जन बिष्ट, आयुश घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, शिशिर लेखी, सेसाङ्ग आङ्गदेम्ब

post

मैदान बाहिर पनि मेस्सीको एकछत्र राज

साउन ३१, काठमाडौं । अर्जेनटिनी कप्तान तथा फ्रेन्च क्लब पि.एस.जी का खेलाडी लियोनल मेस्सीले ईन्सटाग्राममा समेत किर्तिमान राख्न सफल भएका छन् । ईन्सटाग्रामको इतिहासमा सबैभन्दा धेरै लाइक(२१.८ मिलियन) गरिएको पोष्टमा मेस्सीले कोपा अमेरिकाको ट्रफीसँगको फोटो राखेका छन् । यस्तै बार्साको विधाई समारोहकोे पोष्ट र पि.एस.जीको हस्ताक्षर समारोहको पोष्टमा २०.७ मिलियन लाईक गरिएको छ । यो सँगै ईन्सटाग्रामको इतिहासमा सबैभन्दा धेरै लाइक गरिएको तीन पोष्ट मेस्सीको रहन सफल भएको छ ।  

post

गत चौबिस घण्टामा २६२४ संक्रमित थपिए, १३२० डिस्चार्ज

  नेपालमा गत चौबिस घण्टामा १३५५७३ नमुना परिक्षण गर्दा २६२४ जना संक्रमित थपिएका छन् । यो संगै देशभर ७३०४७९ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने हालसम्म ६८०८१५ जना संक्रमण मुक्त भएका छन् । त्यसतै गत चौबिस घण्टामा २० संक्रमितको दुखद् निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

post

मिस सुप्रानेशनलमा नेपालको प्रतिनिधत्व गर्दै सिमल कनौजिया

पोल्यान्डमा जारी १२औँ मिस सुप्रानेशनल सुन्दरता प्रतियोगीतामा मिस सुप्रानेशनल नेपाल सिमल कनौजियाले नेपालको प्रतिनिधत्व गर्दै छिन् । नेपालले मिस सुप्रानेशनलमा प्रतिस्पर्धा गरेको यो तेस्रो वर्ष हो । यस वर्ष भने थुप्रै नेपालीको आशाको किरण बनेकी सिमल सम्पूर्ण रुपले तयार भएर पोल्यान्ड गएकी छिन् । उनले प्रतिस्पर्धाको चौधौंं दिनसम्म आइपुग्दा सबैको मन जितेकी छिन् । यसका साथै उनले सम्पूर्ण नेपालीहरुलाई मिस सुप्रानेशनलको एप डाउनलोड गरी भोट गरेर सोझै टप १२ मा पुर्‍याउन आव्हान गरेकी छिन् । आशा छ उनले सारा नेपालीलाई गौरवान्वित बनाउने छिन् ।

स्वास्थ्य बीमासम्बन्धी जानकारी : नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड

post

मौसम बदली हुने वर्षा र हिमपातको सम्भावना

माघ २४, काठमाडौं । नेपालमा केही दिनदेखि मौसममा बदलाव आइरहेको छ । केहीदिनदेखि बादल लाग्ने, हल्का वर्षा हुने भइरहेको छ । देशभर आजको मौसम पनि बदली हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा हल्का वर्षा हुनेछ । मुलुकको उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात शाखाले जनाएको छ । शाखाका अनुसार आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान रहेको छ ।

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660